बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेबासीको अगुवाईमा ‘भकुण्डे संग्राहलय’ निर्माण गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई र सार्की जातिको बसाई छ । सबै जातिले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री, पहिला प्रयोग भएर लोप हुन लागेका बस्तुहरुलाई पनि यहाँ संग्रहित गरिएको संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाले बताए । झण्डै एक करोड लागतमा बनेको दुई तले संग्राहलय भवनमा तालिम हल, शौचालय, पाहुना कोठा समेत बनाइएको छ । भौतिक पूर्वाधार बाहेक संग्राहलयलाई देशभरका मानिस आएर अवलोकन गर्न मिल्ने बनाउने लक्ष्य राखिएको उनले बताए । ‘नाम भकुण्डे संग्राहलय दिएपनि हामीले कम्तिमा मगर, बाहुनक्षेत्री र दलित ईतिहास र संस्कृतिको अध्ययनस्थल बनाउन लागेका हौं’ थापाले भने, ‘प्रारम्भिक चरणमा भेटिएसम्मका बस्तुहरु ल्याएर राखेका छौं, अझै धेरै बिषय र बस्तुहरु खोजी गर्ने क्रममा छौं ।’ संग्राहलय बनेपछि विश्वविद्यालय तहका विद्यार्थीको अध्ययनको गन्तव्य समेत बन्न थालेको छ । भकुण्डेमा होमस्टे पनि संचालनमा छ ।
त्यहाँ बसेर अध्ययन गर्ने, गोष्ठी, तालिमहरु संचालन गर्ने लगायतमा यो संग्राहलय कोषेढुंगा भएको सिन्धुपाल्चोकका नानीराम सुवेदीले बताए । ‘संस्कृतिको अध्ययन गर्न पाईने, तालिम पनि संचालन गर्न पाईने बुझेर ३ दिनको प्याकेज लिएर आएको थिए, सफल भयौं’ सुवेदीले भने, ‘उच्च पहाडी स्थान भएकोले बैसाखमा पनि जाडोको महसुस गर्दै बस्न पायौं ।’ २ हजार २ सय मीटरको उचाईको भकुण्डेमा सधै शितल वातावरण समेत छ । यहाँ किसानहरुले प्रयोग गर्ने हलो जुवाको नमूना पनि हेर्न पाईन्छ । जातीय रुपमा लगाईने पोशाकलाई पहिचानसहित राख्ने योजना बनाएको थापाले बताए । मगर संस्कृतिमा भाँङ्ग्रो, बख्खु, धोती लगायतका कपडा लगाउने चलन छ । त्यस्तै विभिन्न प्रकारका माला, नाक र कानमा लगाउने गहनाको नमूना, मगरको बिवाह लगायतका संस्कारमा प्रयोग हुने सामाग्रीहरु समेत यहाँ सजाइएको छ । स्थानीय अगुवाहरुले भकुण्डेबाट लोप भैसकेका कतिपय सामाग्री अन्यत्र गएर खोजी गर्दै ल्याउने क्रम समेत थालेका छन् । यहाँ घरेलु तान प्रयोग गरेर कपडा समेत बुनिएको ईतिहास छ ।
लोप हुन लागेको ईतिहास जोगाउन प्रयोग भएका तानका जीर्ण टुक्राहरु समेत राख्ने थापाले बताए । आधुनिक कुटानी पिसानी मिलले लोप हुन लागेका ढीकी जाँतोलाई यहाँ सजाएर राख्ने तयारी छ । ‘हामीले कसरी रात दिन ढिकीमा धान कुट्थ्यौं भन्ने कुरा बालबालिकालाई बुझाउनुपर्ने छ’ स्थानीय अप्सरा थापाले भनिन्, ‘पानी घट्टहरु त अहिलेका युवाले पनि बिर्सन लागिसकेका छन् ।’ कुनै सेवा सुविधा नभएको जमानामा मानिसले निर्वाह गरेका दैनिकी संग्राहलयमा पुग्दा जान्ने बनाउन लागेको उनले बताईन् । यो अभियानका लागि तीन बर्ष अघिदेखि निर्माणको काम थालिएको थियो । तत्कालिन जिविसले २९ लाख रुपैयाँ, शिक्षा र संस्कृतिमा काम गरेको स्वान नामक गैरसरकारी संस्थाले ६० लाख सहयोग गरेपछि अरु काममा स्थानीयले श्रमदान गरेका हुन् । केहीले नगदै पनि सहयोग गरेका थिए । आर्कषक भवनको रुपमा बनिसकेकोले स्थानीयले अझै रकम संकलन गरेर घेराबार लगाउने तयारी थालेका छन् ।