बागलुङ, २१ वैशाख-‘शक्तिको निगरानी मिडिया, न्याय र विधिको शासन’ भन्ने मुल नारासहित नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवस बिहिबार बागलुङमा अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । अहिले पनि शासक प्रशासकले पत्रकारलाई आफ्नो अनुकूल चलाउन खोज्ने र नमान्नेलाई कार्वाही गर्ने प्रबृत्ति अझैपनि कायमै रहेको धारणा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले राखेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष राजेशचन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उच्च अदालत बार बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल पत्रकार महासंघका सल्लाहकार ज्ञानेन्द्र गौतम, कोपिला कँडेल, प्रेस युनियन बागलुङका उपाध्यक्ष प्रदिप पन्तले स्वतन्त्र प्रेसको लागि पत्रकार पनि स्वतन्त्र हुन जरुरी रहेको धारणा राखेका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष बिजय राना र संचालन महासंघका सह–सचिव नवीन शिशिर बिकले गरेका थिए ।