रियल लाइफका जाेडी अभिनेता सलोन बस्नेत र करिश्मा श्रेष्ठकाे फिल्म ‘बाबु कान्छा’ को रिलिज डेट घोषणा गरिएको छ। फिल्म असार २९ गतेबाट प्रदर्शन अाउने भएकाे छ। यो जाेडीले फिल्म ‘लब सब’ पनि सँगै काम गरिसकेका छन्।
फिल्ममा गौतमराज खड्काको सम्पादन रहेकाे छ भने बाबु श्रेष्ठको छायांकन रहेकाे छ। निर्देशक शाेभित बस्नतेकाे निर्देशन रहेकाे फिल्ममा सलोन र करिश्माको अलवा ऋतिक शाही, सरोज खनाल, राजाराम पौडेल, निर शाह, सम्राट थापाको अादिकाे अभिनय रहेकाे छ।