- बागलुङ, २० बैशाख– संस्कृत भाषा पढ्नेलाई आधुनिक प्रविधिसँग जोड्न भन्दै कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) जिल्ला कार्यसमिती बागलुङले संस्कृत भाषा पढाई हुने यहाँको एक विद्यालयलाई प्राविधिक सामाग्री हस्तान्तरण गरेको छ । बुधबार प्रविधि दिवशको अवसरमा क्यानले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको मुक्तिनाथ वेद बिद्याश्रम माध्यामिक बिद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको हो ।
संस्कृत भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई आधुनिक प्रविधिसँग जोड्न प्रविधिक सामानहरु हस्तान्तरण गरिएको क्यान बागलुङका अध्यक्ष कुमार पौडेलले बताए । ‘समय अनुसार विज्ञान प्रविधिसँग चल्न सबैले सिक्नुपर्छ’ –पौडेलले भने ‘दुनियाँ देखाउने कम्प्युटर सहयोग गरेर हामीले प्रविधिसँग जोडिन आग्रह गरेका छौं ।’ क्यानले विद्यालय परिसरमा हस्तातरत्रण कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक शान्ति ज्ञवालीलाई उक्त सामाग्री हस्तान्तरण गरेको थियो । विद्यालयसँग निरन्तर जोडिने भन्दै क्यानले प्रविधि दिवसको अवसरमा सुरुवाती सहयोग गरेको जनाएको छ ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले स्वस्ती बाचन गरेका थिए । कार्यक्रममा बोल्दै क्यान प्रदेश नम्बर ४ का सचिव सुदिप राजभण्डारीले क्यान बागलुङको कामको प्रशंसा गरे । विज्ञान र संस्कृतलाई सँगसँगै लैजानको लागि क्यानले सहयोग गरेका सामाग्रीहरुले सहयोग गर्ने भन्दै राजभण्डारीले यसलाई संकेतको रुपमा लिएर विद्यालयमा हुने पढाईलाई प्रविधिसँग जोड्न आग्रह गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्ति ज्ञवलाी, पत्रकार महासंघका अध्यक्ष दिल श्रीष लगायतले बोलेका थिए । क्यानले प्रविधि दिवसको अवसर पारेर पत्रकार महासंघ बागलुङको निर्माणधिन भवको लागि ५ हजार रुपैयाँ सहयोग समेत गरेको छ ।
क्यानका तर्फबाट अध्यक्ष कुमार पौडेलले पत्रकार महासंघका अध्यक्ष दिल शिरीषलाई उक्त रकम हस्तान्तरण गरेका थिए । क्यान बागलुङका अध्यक्ष कुमार पौडेलको अध्यक्षता, सल्लाहकार सुदिपराज भण्डकारीको स्वागत र सचिव प्रकाश आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि क्यानले बुधबार बिहान बागलुङ बजारमा प्रभात फेरी समेत गरेको थियो ।
प्रबिधि दिवसको अवसरमा पाठशालालाई कम्प्युटर सहयोग
Previous Articleविपन्न बालकको अभिभावक बने सांसद सापकोटा
Next Article प्रदेश र स्थानिय तहलाई १० अर्ब