बागलुङ, १९ बैशाख– दिल–गंगा प्रधान स्मृति कोष बागलुङले आफ्नो ११ औं स्मृति सम्मान २०७५ बाट डाक्टर तेजकुमार श्रेष्ठ र डिल्लीप्रसाद शर्मालाई बागलुङमा सम्मान गरेको छ । कोषले संस्थाको ११ औं पुरस्कार र सम्मानबाट माछा बिषयमा बिद्यावारिधी जीवजन्तुमा महाबिद्यावारिधी डाक्टर अफ साइन्सद्वारा बिभुषित डाक्टर तेजकुमार श्रेष्ठ र शिक्षा क्षेत्रमा लामो समय सेवा गरिसकेका डिल्लीप्रसाद शर्मालाई नगद १० हजार ५ सय ५५ सहित दिल गंगा स्मृति सम्मान २०७५ बाट सम्मानित गरिएको थियो ।
विद्यामन्दिर माध्यमिक बिद्यालयमा कार्यरत स्वर्गीय शिक्षक दिलप्रसाद प्रधान र उनका श्रीमती स्वर्गीय गंगादेबी प्रधानको स्मृति परिवारले स्थापना गरेको कोषबाट बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयबाट २०७२ र र २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने लेखानी माध्यमिक विद्यालय विद्यार्थी बलराम निउरे, लोकेश कँडेल, मिलन बिक, प्रमिला कँडेल बिद्यामन्दिर माध्यमिक बिद्यालयका पुजा शर्मा, ईश्वर गौतमलाई नगद २ हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद डा. सुर्य पाठक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ सम्मानित ब्यक्तित्व डा. तेजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले दिल गंगा प्रधान स्मृति कोषले सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्नेलाई सम्मान गर्ने काम गरेर अरूलाई पनि राम्रो काम गर्ने प्रेरणा दिएको धारणा राखेका थिए ।
Previous Articleव्यापारीकरणले स्वास्थ्य र शिक्षालाई प्रभावित बनायो–सांसद पाठक
Next Article १९ वैशाख २०७५, ढोरपाटन दैनिक