बागलुङ, १९ बैशाख– प्रतिनिधि सभाका सदस्य डा. सुर्य पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको व्यापारीकरणका कारण नेपालको शिक्षा क्षेत्रमा समस्या पैदा भैरहेको बताएका छन् । मंगलबार रुद्रेपिपल माध्यामिक विद्यालयमा आयोजना गरिएको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पाठकले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा राज्यको धेरै लगानी रहेको भएपनि निजी विद्यालयको व्यापारीकरणका कारण शिक्षा क्षेत्रमा सोचेजस्तो नतिजा हासिल गर्न नसकेको पाठकको धारणा थियो ।
शिक्षा क्षेत्रमा व्यपारीकरण बढ्दै गएको भन्दै पाठकले यसको नियन्त्रण र व्यवहारिक शिक्षाको लागि सांसद र सरकारमा दबावमुलक कार्यक्रम लिएर जाने बताए । कार्यक्रममा बैदेशिक रोजगारीमा बेल्जियममा रहेका बागलुङका देवेन्द्र पौडेल देवुले रुद्रेपिपल माविका एक बालकको अभिभावकत्व ग्रहण गरेका छन् । आफ्ना नातेदार दाई रामप्रसाद खनाल र भाई नारायण गौतममार्फत पौडेलले जिल्लाको ढोरपाटन नगरपालिका–१ का श्रीधर बस्नेतको अभिभावकत्व ग्रहण गरेका हुन् ।
बस्नेतलाई रुद्रेपिपल मावि कक्षा २ मा भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारका बस्नेतलाई सांसद पाठक र बिबिसी नेपाली सेवाका बागलुङ प्रतिनिधि रबिना बोहराको समन्वयमा पौडेलले अभिभावकत्व ग्रहण गरेका हुन । मंगलबार आयोजना गरिएको कार्यक्रममा बस्नेतलाई दुई जोडी पोशाक, जोडी जुत्ता, झोला र तीन महिनाका लागि खाजा खर्च उपलव्ध गराएका छन् । बैदेशिक रोजगारीमा बेल्जियममा रहेका पौडेलले आफन्तमार्फत बस्नेतको एक बर्षको पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको बताएका छन् । कार्यक्रममा रामप्रसाद खनाल, नारायण गौतम, विद्यालय व्यवस्थापन समितीका सदस्य सन्दिप थापा, शिक्षक अभिभावक संघका अध्यक्ष नारायणप्रसाद शर्मा, विद्यार्थी भावना पौडेल, विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठ लगायतले बोलेका थिए । रुद्रेपिपल माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमृत बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सोमनाथ शर्माले गरेका थिए ।
व्यापारीकरणले स्वास्थ्य र शिक्षालाई प्रभावित बनायो–सांसद पाठक
Previous Articleनगर विकासबारे धारणा बनाउँदै बागलुङ नगरका जनप्रतिनिधि
Next Article दिल–गंगा प्रधान स्मृति कोषबाट सम्मान