बागलुङ, १७ बैशाख– सामुदायिक वनका उपभोक्तालाई बन संरक्षण व्यवस्थापन र प्रर्वधन गर्नको लागि प्राबिधिक ज्ञान दिने उद्देश्यले जिल्लाको दुदिलाभाटीमा एक दिने सामुदायिक वन स्थलगत अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन कर्यालयको आयोजनामा गल्कोट नगरपालिका– १ दुदिलाभाटीका सामुदायिक बनका उपभोक्तालाई कार्यक्रममा प्रबिधिक ज्ञान दिईएको थियो ।
सामुदायिक वनको सामाजिक पक्षलाई कसरी व्यवस्थापन गर्ने, रुख कटानी तथा झाडी फँडानीलाई कसरी व्यवस्थापन गर्ने र सामुदायिक वनको प्रबर्धन गसरी गर्ने भन्ने बिषयमा कार्यक्रममा जानकारी गराईएको जिल्ला बन कार्यालयका सहायक–वन अधिकृत प्रकाश थापाले जानकारी दिए । कार्यक्रममा बिभिन्न सामुदायिक वनका उपभोक्ता, स्थानिय जनप्रतिनिधि र सरोकारवाला गरी २८ जनाको सहभागिता रहेको थियो । वन व्यवस्थापन स्थलगत अभ्यासको सहायक वन अधिकृत थापा र हटिया इलाका वन कार्यालयका फरेष्टर कुम्भराज मल्ले सहजीकरण गरेका थिए । कार्यक्रमपछि सहभागीहरु सामुदायिक वनलाई न्यायीक तवरबाट सामाजिक पक्षको सुधार गर्दै आय आर्जनको स्रोत बनाउन सफल हुने अपेक्षा गरीएको छ ।