बागलुङ, १४ बैशाख– मुटुका बिरामीहरुलाई सहयोग गर्ने उद्देश्य राखेर रोटरी क्लव अफ बागलुङले निःशुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । धौलागिरी अञ्चल भित्रका मुटुका बिरामीहरुको उपचारमालाई सहज बनाउनका लागि आगामि बैशाख १८ गते बागलुङ बजारमा मुटु परिक्षण शिविर सञ्चालन गरिने क्लवले जनाएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्रबिधिक सहयोग र बिभिन्न २० वटा सामाजिक संघ संस्थाको व्यवस्थापनमा शिविर सञ्चालन हुन लागेको रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुर्ण बहादुर केसीले बताए ।
दुरदजारमा रहेका बिरामीहरुको हृदय रोग उपचार केन्द्र सम्म पहुँच नहुने भएकाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा बागलुङमा सञ्चालन गर्न लागिएको कसीले जानकारी दिए । मुटुको मात्रै परिक्षण हुने गरी आयोजना हुन लागेको शिविरमा ५ सय देखी ६ सय जना बिरामीको मुटु परिक्षण गरिने क्लवका पुर्व अध्यक्ष गगनलाल शाक्यले बताए । ‘ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बिषेशज्ञको टोलीले बागलुङमा मुटुको परिक्षण गर्छ’ शाक्यले भने ‘काठमाण्डौ जानुपर्ने बिरामी भेटीएमा आतेजाते सहितको सबै खर्च क्लवले व्यवस्थापन गर्ने गरी निशुल्क उपचारको व्यवस्था मिलाईने छ ।’ शिविरमा मुटुको परिक्षण, ईसिजी, भिडियो एक्स–रे, सुगर जाँच, पिटि÷आईएनआर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपलव्ध हुने सबै सुबिधा सम्बन्धी जानकारी समेत गराईने शाक्यले बताए ।बागलुङ र म्याग्दीका ३ जना बिशेषज्ञ डाक्टरहरुको संयोजनमा २० जनाको बिशेषज्ञहरुको टोलिले मुटुको परिक्षण गर्ने अध्यक्ष केसीले बताए ।
शिविरको बिषयमा जानकारी दिन बिहिबार बागलुङ बजारमा आयोजीत पत्रकार सम्मेलनमा क्लवले शिविर सञ्चालनको उद्देश्य र सेवा सुविधका बिषयमा जानकारी गराएको थियो । पत्रकार महासंघका बागलुङका सचिव राम थापा अविरलले मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता पुर्ण बहादुर केसी, स्वागत पुर्व अध्यक्ष गगनलाल शाक्य र सञ्चालन केबी साहीले गरेका थिए ।
बिशेषज्ञ सेवा सहित निःशुल्क मुटु परिक्षण शिविर हुँदै
Previous Articleयस्तो छ सरकारको नीति तथा कार्यक्रमको तयारी
Next Article हेपटाइटिस र रोकथाम