काठमाडौं, ७ वैशाख – मालिन्दो एयरको जहाज रन वे बाट चिप्लिएकाले त्रिभूवन विमानस्थलको उडान र अवतरण ठप्प भएको छ । विहीबार राति १० बजेर ७ मिनेटमा काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले अहिले सबै उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास भइरहेको छ ।जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकिने प्रवक्ता ठाकुरले वताए । विमानमा रहेका १ सय ३९ यात्रु शकुशल रहेका छन । आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।