बागलुङ, ६ बैशाख– बुधबार जिल्लाको जैमिनी नगरपालिका ८ छिस्तीमा कालिगण्डकीको किनारमा बेबारीसे अवस्थामा फेला परेको महिलाको शवलाई प्रहरीले बागलुङ नगरपालिकाको जिम्मा लगाउने तयारी थालेको छ । बिहिबार बिहान सम्म पनि शवको पहिचाहन हुन नसकेपछि शव नगरपालिकालाई जिम्मा लगाउने प्रकृया थालिएको हो ।
पोष्टमाटमका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याईएको शवका कारण अस्पताल परिसरमा दुगन्र्ध फैलिन थालेपछि नगरपालिकालाई जिम्मा दिने तयारी थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरि उपरिक्षक दिपक रेगमीले बताए । बुधबार सामाजिक सञ्जाल र बिभिन्न सञ्चार माध्यामहरुमा समाचार प्रसारण हुँदा समेत कोहि पनि सम्पर्कमा नआएकाले नगरपालिकालाई जिम्मा दिन लागिएको रेगमीले जानकारी दिए । वेवारीसे अवस्थामा फेला परेको शवलाई आवश्यक प्रकृया पुरा गरेर स्थानिय गाउँपालिका तथा नगरपालिकालाई दाहसंस्कारका लागि जिम्मा लागाउनुपर्ने कानुनी प्राबधान अनुसार शवलाई नगरपालिकाको जिम्मा लगाउन थालिएको रेगमीले बताए ।
बुधबार दिउँसो कालिगण्डकीको किनारमा फेला परेको शव एक साता पहिलेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । लामो समय भैसकेका कारण शव दु्गन्धीत भैसकेकाले तत्काल दाहसंस्कार गर्नुपर्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।