पोखरा, ४ बैशाख– प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले मुख्य पर्यटन उर्जा कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ । पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि जोड दिएको छ । सरकारले कोरला–पोखरा र पोखरा–कोरला सडक निर्माणलाई जोड दिएको छ भने मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ ।
नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृति पार्क, विद्युतीय सवारी साधनलाई जोड दिइएको छ । यस्तै सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसको रूपमा मनाइने भएको छ । प्रदेश आफैंले टीभी र रेडियो सञ्चालन गर्ने नीति पनि अघि सारेको छ । हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने देशविदेशका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने, सहकारीलाई लगानीका लागि वातावरण बनाउने उल्लेख छ ।
Previous Article२०७५ वैशाख ४ गते मंगलबारको राशिफल
Next Article एकै महिनामा २८ लाख भेटी संकलन