पर्वत, ४ बैशाख– जिल्लाका बिभिन्न रेष्टुरेन्ट तथा होटलमा राखी अबैध रुपमा बिक्री बितरण हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा बजारमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाईएपछि घरेलु मदिरा नष्ट गर्ने अभियान चलाईएको थियो । एक हप्ताको समय निकालेर जिल्ला प्रशासन कार्यलय, कुश्मा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा बजार अनुगमन गर्दा अवैद्य रुपमा राखिएको घरेलु मदिरा बरामद गरिएको थियो ।
अनुगमन टोलीले एक हप्ताको लामो प्रयास पछि ११ हजार ४ सय ७० लिटर घरेलु मदिरा नष्ट गरेको हो । अनुगमन क्रममा टोलीले १ सयभन्दा बढी घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटाएको छ । टोलीले कुश्मा नगरपालिका– ५ बान्द्रेबिणी, कुश्मा नगरपालिका–७ दुरसञ्चार र कुश्मा नगरपालिका–५ मेलमिलाप चोकबाट सबैभन्दा बढी अबैध मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्बतका प्रहरी निरिक्षक दिपक थापाले बताए ।
कुश्मा बजारमा घरेलु मदिराको प्रयोग बढेपछि त्यसको रोकथामको लागि प्रहरीले अनगुमन बढाएको उनको भनाई छ । उनले पटक–पटक सबैलाई सचेत गराउँदा समेत अटेर गरेपछि आफुहरु अभियानका साथ अगाडि बढेको बताए । आफुहरुले बिषेश गरि अबैध घरेलु मदिरा तयार गर्ने ठाउँलाई नै लक्षित गरी अनुगमन गरिएको अनुगमनको क्रममा घरेलु मदिरा तयार पार्न भाडाकुडासहित सबै समान नियन्त्रणमा लिएर आईतबार जिल्ला प्रहरी कार्यलयमा मदिरामा प्रयोग गरिएको भाडा र सबै मदिरा नष्ट गरिएको उनले बताए ।
जिल्लामा इजाजत बिना मदिरा बिक्री बितरण गर्न कानुनी रुपमा छुट नभएपनि अधिंकास होटल ब्यबसायीले कानुनको उल्लंघन गरेको समेत पाइएको छ । घरेलु मदिरा बनाउनेलाई कानूनी दर्ता गरेर मात्रै मदिरा उत्पादन गर्न वा बन्द गर्नको सुझाव दिएको भएपनि त्यसको पालना अझै हुन सकिरहेको छैन् ।
Previous Articleस्थानिय सरकार निर्माणसंगै शैक्षिक गुणस्तरको प्रश्न
Next Article पर्यटन क्षेत्रमा चासो दिने कि