मंगलादेवी श्रेष्ठ
शुभकामना ! शुभकामना ! शुभकामना !
नयाँ बर्ष २०७५ को मेरो शुभकामना ।।
बसन्तको आँगमनमा हरियाली छाउँदै
कोईलीको मिठो स्वरमा नयाँ बर्ष ल्याउँदै ।।
लेखभरि लालीगुराँस फुल्यो झलमल
स्वर्ग भन्दा प्यारो लाग्छ जन्मभुमी नेपाल ।।
धवलागिरी हिमाल चुली चाँदी झैं टल्केको
हरियाली डाँडा पाखा अति सुन्दर देखीएको ।।
अमेरिका, अष्ट्रेलिया जहाँ गए पनि
स्वर्गभन्दा प्यारो लाग्छ नेपाल जन्मभुमी ।।
–लालीगुराँसचोक बागलुङ