बागलुङ, ३० चैत– जिल्लास्थित क्रियाशिल युवाहरुको समुहले बागलुङ बजारमा आगामी चैत्र ३० गते शुक्रबार बिहान ८ बजे लोकतान्त्रिक चोकबाट जर्बजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ सेवनविरुद्ध जनचेतनामुलक ¥याली निकाल्ने भएको छ । पछिल्लो समय छिमेकी जिल्ला पर्वत तथा देशका विभिन्न स्थानमा जर्बजस्ती करणी, महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घटनाहरु बढ्दै गईरहेको परिपं्रेक्षलाई मध्येनजर गर्दै घटनाहरुको न्यूनिकरण तथा सचेतना र सम्बन्धित निकायलाई दबाव दिनका लागि युवाहरुले ¥याली तथा जनचेतनामुलक लगाएतका कार्यक्रमहरु गर्ने निर्णय गरेका हुन् ।
बागलुङका केही युवाहरुको भेलाले ३० गते बिहान ८ बजे लोक्तान्त्रिक चोकबाट ¥याली सञ्चालन गर्ने र ¥यालीमा सहभागिताका लागि सम्पूर्ण बागलुङबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीलाई अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागि सिर्जना खड्काले बताईन । युवाहरुले ¥यालीमा सहभागिताका लागि विभिन्न विद्यालय, कलेज, ट्युसन सेन्टर लगाएतका स्थानमा गई ¥याली सफल पार्नका लागि आव्हान गरेका छन् ।
Previous Articleबालबालिका लागू औषध दुव्र्यनमा फस्दै
Next Article ३० चैत २०७४, ढोरपाटन दैनिक