बागलुङ, २६ चैत– जिल्ला आर्थिक गणना कार्यालयले बागलुङको आर्थिक गणनाका लागि गणकहरुका लागि ५ दिने तालिम सम्पन्न गरेको छ । कम्तिमा खरिदार तहका कर्मचारीहरुलाई जिल्लाको आर्थिक क्षेत्रको सहि तत्थांक संकलन गर्न खटाउने उद्धेश्यले तालिम दिइएको हो । बैसाख देखि ४५ दिन लगाएर जिल्लाका सबै क्षेत्रको आर्थिक अवस्था बारे तथ्यांक लिनका लागि उक्त तालिम दिइएको हो । देशको कुल ग्राहस्थ उत्पादन पत्ता लगाउन सहज हुने तथा जिल्लाको वृहत तथ्यांकीय काम सम्पन्न गर्नका लागि यो गणना गर्न लागिएको तथ्यांक अधिकृत मुकुन्द शर्माले बताए ।
देशभर गणना गरिने यो अभियानका लागि २८ जना गणक र ४ जना सुपरिवेक्षकलाइ तालिम दिइएको थियो । शर्माका अनुसार जिल्लाका ४ गाउँ पालिका र ६ गाउँपालिकामा अनुमानित १० हजार व्यवसायिक फर्म तथा आर्थिक कारोवार हुने स्थानमा पुगेर तथ्यांक संकलन गरिने बताइएको छ । जसमा १५ जना सामाजिक परिचालक र १३ जना कर्मचारी छन् । यसरी संकलन गरिने तथ्यांकलाई देशभरको आर्थिक गणना तथा कुल ग्राहस्थ्य उत्पादनको एक चरणको रुपमा पनि लिइएको छ । विभिन्न उद्याग तथा व्यपारिक संगठन, च्याम्बरले गरेको उत्पादन, रोजगारी र कमाईले राज्यको वास्तविक आय पत्ता लाग्छ ।
तालिम बारे पत्रकारलाई समेत अभिमूखिकरण गराइसकिएको छ । तालिम पाएका कर्मचारीले सबै वडामा पुगेर तथ्यांक संकलन गरेपछि केन्द्रीय तथ्यांकले देशभरको अवस्था बारे सार्वजनिक गर्ने बताइएको छ ।
Previous Articleट्रेड युनियन काँग्रेसको अध्यक्षमा पौडेल
Next Article ‘दिगो शान्तिका लागि मेलमिलाप गरौं’