रुपन्देही, २५ चैत – बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । ६ तले भवनको माथिल्लो तलाबाट आगो देखिएको थियो। आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटेपनि भवन अग्लो भएकाले समस्या भएको छ।बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकाका दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेपछि कपिलवस्तु र नवलपरासीबाट थप दमकल मगाएको प्रहरीले जनाएको छ। गत बैशाखबाट बुटवलमा सुपरमार्केट संचालनमा आएको थियो। आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।
Previous Articleनेपाल नयाँ युगमा-मोदी, नेपाल र भारत अन्तर्निभर-ओली
Next Article २५ चैत २०७४, ढोरपाटन दैनिक