बागलुङ, २३ चैत– पतञ्जली योग समिति नेपाल र पतञ्जली योग जिल्ला समितिको बागलुङको आयोजनामा शुक्रबारदेखी बागलुङमा साता व्यापी योग शिविर सञ्चालन हुने भएको छ । योग र साधनामार्फत मानिसमा हुने कयौं रोगका निदान गर्न सकिने र दिर्घ रोगहरुको उपचार हुने भएकाले योग शिविर गर्न लागिएको आयोजकले जनाएको छ । चैत २९ गतेसम्म सञ्चालन हुने शिविरमा पुराना तथा नयाँ योग साधकहरुको सहभागीता रहने छ ।
शिविरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बक्ताहरुले योग र साधनाले मानिसलाई तनावमुक्त बनाउनेमा जोड दिए । आदिकालदेखी चलिआएको आयुर्वेदिक पद्धति र योगका साधनाका बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै यो बिधिमा सामेल हुने मानिसको जिवन तनाव मुक्तहुने बक्ताहरुको भनाई थियो । कार्यक्रममा बोल्दै पतञ्जली योग समिती नेपालका केन्द्रिय सदस्य नरेन्द्रमान लालचन्दले खानपानका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको हरेक मानिसलाई योगको आवश्यकता रहेको बताए । शिविर बिहान ५ बजे देखी ७ बजेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिस्टेन चुडामणि कँडेल, धौलागिरी आयुर्बेद औषधालयका निमित्त प्रमुख हरि प्रसाद पौडेल, पतञ्जली समिति नेपालका केन्द्रिय महिला प्रवाही अर्चना घिमिरेले बोलेका थिए । जिल्ला समितिका कार्यवहाक अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हिराबहादुर केसीले गरेका थिए ।
Previous Articleगल्कोटमा मह शिकार (हनी हन्टिङ) महोत्सव
Next Article प्रोस्टेट ग्रन्थीको बिकार