डा. दिनबहादुर थापा
गोरखाका राजा पृथ्वीनारायण शाहले विसं. १८०१ मा नुवाकोट आक्रमण गरेपछि नेपाल एकीकरणको अभियान सुरु भएको थियोे । यो अभियान विसं. १८२५/२६ सालसम्म आइपुग्दा काठमाडौं उपत्याका भित्रका कान्तिपुर, ललितपुर र भक्तपुरको विजय पश्चात् आप्mनै भाइहरु कीर्तिमहोद्दाम शाह, दलमर्दन शाह र सूरप्रताप शाहले दाजुलाई खुलेर सहयोग गरेनन् । बरु पृथ्वीनारायण शाहसँग दलमर्दन शाहले ललितपुर र सूरप्रताप शाहले भक्तपुरको राज्य माग गरेका थिए । पृथ्वीनारायण शाहबाट भाइहरुको माग पूरा नभएपछि उनीहरु दाजुबाट टाढिएर कोही चौविसी राज्यको शरणमा त कोही तराइतर्फ भागेको इतिहासमा पढ्न पाइन्छ । उसै बेलादेखि राजा र भाइ–भारदारहरुबीच राजदरबारभित्र अविश्वास र आशंकाको वीजारोपण भएको थियो । यही दरबारिया षड्यन्त्रको चक्रव्यूहमा असंख्य भारदारहरुको उत्थान र पतन हुन पुग्यो । यो लेखमा विसं. १८०१ देखि १९०२ सम्मको दरबारिया षड्यन्त्रको चक्रव्यूहलाई चिरफार गर्ने प्रयास गरिएको छ ।
नेपाल एकीकरणको कार्यभार पूरा नहुँदै १७७५ इ. मा पृथ्वी नारायण शाहको मृत्यु भयो । उनको मृत्युपछि बहादुर शाहलाई बाबुको काजक्रिया समेत पूरा हुन नदिइ नजर बन्दमा राखियो । बहादुर शाहको चौतारिया पद खोसेर बज्रनाथ पण्डित र मन्त्री पदमा स्वरुपसिंह कार्कीलाई नियुक्त गरियो । प्रतापसिंह शाह राजा त भए तर बाबुको सपना पूरा गर्नतर्फ भन्दा पनि आप्mनो भोगविलास र मनोविनोदतर्फ नै उनी तल्लीन रहे । उनी राजकुमारले पाउनुपर्ने राजनीतिक ज्ञान र व्यवहार शास्त्रभन्दा पनि तन्त्रमन्त्र र साहित्यतर्फ नै तत्लीन भए । यतिमात्र होइन प्रतापसिंहले दरबारिया भारदार र गुरुपुरोहितको गलत सल्लाहका कारण राष्ट्रियताका पक्षमा वकालत गर्ने बहादुर शाहलाई नजर बन्दमा राख्न र भारतको बेतियातर्फ निर्वासित गर्नसमेत पछि परेनन् । यो नै दरबारिया षड्यन्त्रको सुरुवाती चरण थियो ।
अल्प आयुमै १७७७ इ. मा प्रतापसिंह शाहको मृत्यु पश्चात् दरबारमा राजमाता राजेन्द्रलक्ष्मी वा काका बहादुर शाह कसलाई बालक राजाको नायवी बनाउने भन्ने विषयमा विवाद उत्पन्न भयो । यो विषयमा गजराज मिश्र र दलजित शाह बहादुर शाहका पक्षमा थिए भने बज्रनाथ, स्वरुपसिंह कार्की र परशुराम थापा राजमाताका पक्षमा थिए । केही समय बहादुर शाहले भाउजूसँग मिलेर नावालक युवराज रणबहादुर शाहको नायवी भएर शासन सत्ता सञ्चालन गर्न थालेका मात्र थिए, देवर भाउजूबीचको शक्ति संघर्ष सुरु भयो र पारिवारिक कलहले गर्दा बहादुर शाह पुनः बेतियातर्फै निर्वासित हुनु प¥यो । राजेन्द्रलक्ष्मी शाहले रणबहादुर शाहको नायवी भई सन् १७७९ देखि १७८५ सम्म शासन सञ्चालन पनि गरिन् । यही राजेन्द्रलक्ष्मीको नायवी काल र दरबारभित्रको खटफटको मौका छोपी चौविसी राज्य मिलेर गोरखा विरुद्ध संयुक्त कार्यवाही गर्ने योजना समेत बनाएको पाइन्छ । विसं. १८४२ मा राजेन्द्रलक्ष्मी देवीको पनि मृत्यु भएपछि १० वर्षका राजा रणबहादुर शाहको नायवी भएर पुनः निर्वासित चौतारिया बहादुर शाहले आप्mना विरोधी सबै भारदारहरुलाई तहस नहस पार्दै सम्पूर्ण शासनको बागडोर आप्mनो हातमा लिइ सन् १७८५ देखि १७९४ सम्म नायवी शासन सञ्चालन गरे । यही शक्ति संघर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनु प¥यो भने राजेन्द्रलक्ष्मी शाह पनि सर्वजीत रानासँग अनुचित सम्बन्ध भएको आशंकामा दरबारभित्रै कैद हुनु प¥यो । बहादुर शाहको नायवी कालमा बज्रनाथ पण्डितको जाति च्यूत गरियो, परशुराम थापालाई कैद गरियो भने स्वरुपसिंह कार्की भागेर पाल्पा पुगे । चतुर बहादुर शाहले यही अवधिमा बाबुका अधूरा सपनाहरु पूरा गर्न गोरखा विरुद्ध एक भएका चौविसी राज्यहरुलाई बलले जित्न नसक्ने देखेपछि उनले पाल्पाली राजा महादत्त सेनकी छोरी विद्यालक्ष्मीसँग सन् १७८६ मा विवाह गरी वैवाहिक सम्बन्ध कायम गरेर पाल्पाकै सहयोगमा सबै चौविसी राज्यलाई गोरखा राज्यमा मिलाउन सफल । तर दुखको कुरा विसं. १८५१ मा बयस्क राजा रणबहादुर शाहले विभिन्न आरोपहरु लगाउँदै काका बहादुर शाहलाई कैद गरी सबै राजकाजको अभिभारा आप्mनो हातमा लिए । यति बेला पनि आप्mना विरोधहरुलाई तहस नहसपार्ने काम भयो । प्रतापसिंहलाई मार्न खोजेको, राजेन्द्रलक्ष्मी विरुद्ध षड्यन्त्र गरेको, आफै राजा हुन खोजेको आदि अभियोगमा जेल जीवन भोगेका बहादुर शाहको पनि जेलमा नै विसं. १८५४ मा मृत्यु भयो । उनको मृत्युपछि पनि भारदारहरु बीचको गुट बन्दी र षड्यन्त्रले अझ बलियो जरा गाड्यो । षड्यन्त्रकारी भारदारहरुले उनका श्रीमतीहरुको महत्वकांक्षा जगाइदिन थाले । यही षड्यन्त्र र गुटका कारण लहडी राजा रणबहादुर शाहले पनि सहजै राज्य सञ्चालन गर्न सकेनन् । रणबहादुर शाहमा राजामा हुनुपर्ने कुनै पनि गुणहरु थिएनन् ।उनका चारवटी महारानीहरु थिए । जेठी महारानी राजराजेश्वरीलाई गुल्मीबाट विवाह गरेका थिए भने माहिली सुवर्ण प्रभा बस्नेत कुलकी कन्या थिइन । अर्की ल्याइता विधवा ब्राह्मणी थिइन भने कान्छी महारानी ललितत्रिपुर सुन्दरी भीमसेन थापाकी भतिजी थिइन् । राजा रणबहादुर शाहले सन् १७९९ मा यिनै माहिली रानीतर्फका छोरा रणद्योत शाह हुँदाहुँदै राजपरम्परा विपरीत ल्याइता कान्तीवतीतर्फका १८ महिनाका बालक छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजगद्दीमा राखी आप्mनो सबै अधिकार जेठी महारानी राजराजेश्वरी देवीलाई सुम्पेर आपूm स्वामी महाराज बन्न पुगे । रानी कान्तिवतीको मृत्युपछि राजा रणबहादुर शाहले दरबारमा उद्दण्ड मच्चाउन थाले । यसले गर्दा भारदारहरुले राजधानी समेत नुवाकोटमा सारी गीर्वाणको नाममा शाही आदेश जारी गर्न थाले ।
आप्mनो लहडीपन र भारदारहरुको गलत सल्लाहका कारण राजगद्दी त्यागे पनि स्वमी राजा रणबहादुर शाहले सहजै राजकीय शक्ति त्याग्न भने चाहँदैनथे । नेपालको इतिहासमा सन् १८०० तिर राजगद्दी त्यागेका राजा रणबहादुर शाह, बालक राजा गीर्वाणका नायव भारदारहरु र रानी राजराजेश्वरी देवी शाहको गरी त्रिपक्षीय शक्ति संघर्ष हुन थाल्यो । तिनतिरबाट शाही आदेशहरु जारी हुन थालेको हुनाले यसलाई ‘त्रयी शासन’ काल भनेर पनि कतै भनिएको छ । यो अवधिमा काजी कीर्तिमानसिंह बस्नेतले नुवाकोटबाट नाबालक राजा गीर्वाणका तर्फबाट शाही आदेशहरु जारी गर्दथे भने रानी राजराजेश्वरीले फौजी जवानहरुलाई बालक राजा र आप्mनो पक्षमा उर्दी जारी गर्थिन् । अर्कातर्फ शक्ति बिहीन भएका राजा रणबहादुर शाहले नुवाकोटको भारदारी भङ्ग गरी भीमसेन थापाका पिता अमरसिंह थापा, रणकेशर पाँडे र जहरसिंह बस्नेतलाई समावेश गरी नयाँ भारदारी समेत गठन गरेका थिए भनिएको छ ।
प्रतिकूल परिस्थितिमा आप्mनै छोरासँग लड्नुपर्ने अवस्था देखा परेपछि रणबहादुर शाह विसं. १८५७ मा नेपाल छाडी सरदार भीमसेन थापा र अन्य सहयोगीका साथ बनारतर्फ लागे । भीमसेन थापा विसं. १८५५ देखि जागिरमा लागे पनि रणबहादुर शाहसँग उनको बाल्यकालदेखिनै सुसम्बन्ध र राजाप्रतिको भक्तिभाव प्रगाढ थियो । यही राजभक्तिभावले गर्दा भीमसेन थापाले रणबहादुर शाहको साथ कहिल्यै छोडेनन् र राजसंस्थाप्रतिको अनास्था हुने काम पनि उनले जीवनभर कहिल्यै गरेनन् । रणबहादुर शाहका साथ बनारसमा रहँदा भीमसेन थापाले यता दरबारमा रहेका भारदारहरुको षड्यन्त्र र उता रणबहादुर शाहलाई संरक्षण दिने अंग्रेज सरकारको नीतिलाई राम्रोसँग अध्ययन गर्ने मौका पाए । दरबारमा रानी राजराजेश्वरी पनि षड्यन्त्रको चङ्गोलमा फसेपछि उनी काशीतिर लागिन र रानी सुवर्णप्रभा बालक राजाको नायवी बन्न पुगिन । भारदारहरुको विवादमा काजी कीर्तिमानसिंह बस्नेतको दरबारभित्रै हत्या गरियो र दामोदर पाँडे मुख्य काजी बन्न सफल भए । उनले अंग्रेजसँग मिलेर रणबहादुर शाहलाई बनारसमै नजर बन्द गर्न चाहन्थे । आप्mनो कुसित स्वार्थपूर्ति गर्न उनले सन् १८०१ मा इष्ट इण्डिया कंपनी सरकारसँग रणबहादुर शाहलाई काशीमै रोकी राख्नका लागि एउटा सन्धि पनि गरे। रणबहादुर शाहले पनि दरबारको षड्यन्त्र र अंग्रेजको कुटनीति बुझेपछि रानी राजराजेश्वरीलाई नेपाल पठाइ अंग्रेजसँगको सन्धि भङ्ग गर्न र आपूmलाई नेपाल फर्कने वातावरण मिलाउन लगाए । यो कुरा राम्रोसँग बुझेका भीमसेन थापाले कुशलतापूर्वक रणबहादुर शाहलाई नेपाल फर्काउन ठुलो जोखिम मोलेर भए पनि सफल भए ।
भीमसेन थापाका साथ नेपाल आएका रणबहादुर शाहलाई पक्रिएर थुनामा राख्ने उद्देश्यले दामोदर पाँडे र उनका फौज थानकोट पुगेका थिए । तर रणबहादुर शाह र भीमसेन थापाको प्रभावमा परेपछि पाँडेका फौजले रणबहादुर शाहलाई नै स्वागत् गर्न पुगे । रणबहादुर शाहलाई थुनामा राख्ने योजनाकार दामोदर पाँडे तत्काल मारिए भने रानी राजराजेश्वरीलाई पनि राजालाई सहयोग नगरेको आरोपमा हेलम्बुतर्फ निर्वासित गरियो । रणबहादुर शाह आप्mनै छोरा गीर्वाणयुद्धको मुख्तियार भइ शासन सञ्चालनको भार आप्mनो हातमा लिए । राजा रणबहादुर शाह र काजी भीमसेन थापाको शक्ति दिनानुदिन बढ्दै गएको देख्न नसक्ने भाइ शेरबहादुर शाहले विसं. १८६३ बैशाख ७ मा दाजु रणबहादुर शाहको तरवार प्रहार गरी हत्या गरिदिए । यो घटनाको लगतै बालनरसिंह कुँवरले शेरबहादुर शाहकै हत्या गरिदिए । महारानी राजरजेश्वरीलाई पनि सती जान बाध्य तुल्याइयो । कुचोले पढार्नुपर्ने कसिङ्गर हावाले उडायो भनेझै राजपरिवार र भारदारहरु आफै तहस नहस भएपछि सबै शक्तिको बाघडोर भीमसेन थापाको हातमा आयो ।
भीमसेन थापाले विसं. १८६८ मा ‘जनरल’ पदवी प्राप्त गरे । नेपालमा यो पदवी पाउने पहिलो व्यक्ति नै भीमसेन थापा हुन् । विसं. १८७३ मा राजा गीर्वाणयुद्ध विक्रमको असामयिक निधन भयो । उनको मृत्युसँगै जेठी महारानी सिद्धिलक्ष्मी उनैका साथ सती गइन र कान्छी गोरक्षराज्य लक्ष्मी शाहको पनि दुई हप्तापछि विफरको रोगले मृत्यु भयो । रणबहादुर शाहकी कान्छी श्रीमती भीमसेन थापाकी भतिजी ललितत्रिपुर सुन्दरी थिइन । राजपरिवारमा हजुर आमा ललितत्रिपुर सुन्दरी बाहेक बालक राजा राजेन्द्र विक्रम शाहको नायवी चलाउने कोही थिएन । उनैबाट भीमसेन थापाले ‘मुख्तियारी’ पदवी पाएका थिए । उनी मुख्तियारी सहितको सर्वेसर्वा भएपछि सामाजिक, आर्थिक, सैनिक, प्रशासनिक तथा न्यायिक क्षेत्रमा जनताले अनुभूत गर्ने गरी सुधारका कामहरु पनि गरेका थिए । कतिपय इतिहासकारहरुले भीमसेन थापा नेपालको मात्र होइन समग्र एसियायाकै नेता र अभिभावक पनि भनेका छन् ।
भीमसेन थापाको यो शक्ति देखेपछि राजा राजेन्द्र र रानी साम्राज्य लक्ष्मीले भीमसेन थापाको शक्ति कटौती गर्नतर्फ लागे भने अन्य भारदारहरु झुट्टा मुद्दाको तानाबान बुन्नमा तल्लिन भए । यसैको परिणाम स्वरुप विसं. १८९४ को पजनीमा भीमसेन थापा, माथवरसिंह थापा लगायत उनका पक्षधरहरुको पद हटाउने र कसैको खोस्ने काम भयो । थापाहरुले ग्रहण गरेका सबै पदहरु पाँडेहरुले नै लिन सफल पनि भए । भीमसेन थापा आफै पनि आप्mनो त्यत्रो शक्ति कटौती हुँदा पनि उनले राजसिंहासनको विरुद्ध कुनै प्रतिक्रिया जनाएनन् । उनले चाहेको भए उनी जंगबहादुरभन्दा पनि अधिक शक्ति सम्पन्न बन्न सक्थे होला । तर उनी किन बन्न सकेनन् ? यो कुरा पनि विचारणीय छ ।
षड्यन्त्रकारीहरुका निम्ति भीमसेन थापालाई पतन गराउने कुनै न कुने निउँ चाहिएको थियो । यही समयमा साम्राज्य लक्ष्मीतर्फका कान्छा छोरा देवेन्द्र विक्रमको अचानक मृत्य भयो । यो मृत्युको सम्पूर्ण दोष भीमसेन थापालाई विष खुवाइ मारेको आरोप लगाइ नेल ठोकी सर्वस्वहरण सहित जेल पठाइयो । भीमसेन थापाले न्यायलयमा राजा राजेन्द्रलाई ‘‘यदि यस्तै बुद्धि लिएर हिंड्यौ भने सरकारले मानामा भरी खोपामा राखिदिएको खाना खाएर निर्वाह गर्नुपर्ने छ’’ भनी अभिशाप दिएका थिए रे । यही श्रापले गर्दा राज परिवार नेपालको राज्यसिंहासन १०३ वर्षसम्म राणाहरुको पराधीन र परमुखापेक्षी बनेर बस्नु प¥यो ।
भीमसेन थापाको अपराध पुष्टी नभए पनि उनको सबै पद, सुविधा र सर्वस्वहरण भई ढाक्रे जीवन बिताउँदा पनि उनका वैरीहरुले सन्तोषको सास फेर्न सकेनन् । भीमसेन थापा र उनका पक्षधरहरुबाट उनीहरुलाई सँधै सन्त्रास हुने भय देखेपछि पुरानो विष मुद्दालाई पुनः उल्ट्याइ भीमसेन थापालाई आजीवन कारावासको दण्ड दिइयो । जेलमा समेत जीवीत देख्न नचाहने पाँडेहरुले उनलाई जेलभित्रै नानाथरीका कुराहरु सुनाएर आत्महत्या गर्न बाध्य तुल्याइयो । भीमसेन थापाको विसं. १८९६ श्रावण १६ गतेका दिन मृत्यु भयो । यतिले मात्र पनि दुष्टहरु सन्तुष्ट हुन सकेनन् । भीमसेन थापाको लासलाई विष्णुमतीको किनारमा लगेर प्mयाकी श्याल, कुकुर र गिद्धलाई खान दिइयो । सरकारबाटै थापाहरुको सर्वस्व लुट्ने, जात पतित गराउने, महिलाहरुको बेइज्जती गर्ने र भीमसेन थापाका सन्तानलाई सात पुस्तासम्म जागीर नदिने जस्ता अमानवीय घोषणा पनि गरियो ।
करिब १५ हजार कम्पुपल्टन सहितको सर्वशक्ति सम्पन्न भीमसेन थापाले ३१ वर्ष लामो निष्कण्टक नेपालमा शासन सञ्चालन गरे । यो अवधिमा उनले नेपाललाई सुसंगठित र सुसम्पन्न पनि बनाए । अन्य मुलुकमा शासकहरु नराम्रो काम गरेका कारण पतन हुन्छन् तर नेपालमा भीमसेन थापा राम्रो काम गरेकै कारण आफै पतन हुनु प¥यो । बाहिरी सतहमा थापाहरुलाई पतन गराउने पात्रहरु पाँडे र अन्य भारदारहरुहुन भनिएको छ । वास्तवमा भीमसेन थापा पतन हुनुको मुख्य कारण के हो त ? यसको सत्य तथ्य अझै बाहिर आएको छैन । उनी अंग्रेजको साम्राज्यवादी नीति बिरोधी थिए । पाँडे र कुँवरहरुसँग थापाहरुको पारिवारिक सम्बन्ध पनि उत्तिकै राम्रो थियो । भीमसेन थापाका तिन छोरीहरुको विवाह उनै पाँडेहरु सँग भएको थियो भने भाइ नयनसिंह थापाको पनि पाँडेकी छोरीसँग विवाह भएको थियो । उजिरसिंह थापा र माथवरसिंह थापा पाँडेका भान्जा थिए । नालापानीमा युद्ध लड्ने बलभद्र कुँवर बडाकाजी अमरसिंह थापाकी छोरीका छोरा थिए । बालनरसिंह कुँवर भीमसेन थापाका अनन्य भक्त थिए । जङ्गबहादुर कुँवर (राणा) पनि माथवरसिंहका आप्mनै भान्जा थिए । तत्कालीन समयमा राज्य सञ्चालन गर्ने शक्ति भनेकै शाह, थापा, बस्न्यात, पाँडे र कुँवरहरु नै थिए । यी सबैको पारिवारिक सम्बन्ध पनि थियो । तैपनि आप्mनो वंश तहस नहस पार्ने पात्र पनि एकअर्कामा उनीहरु आफै नै थिए । उनीहरुलाई आपसमा लडाउने शक्ति को थियो ? अनुसन्धानको पाटो बाँकी नै छ ।
भीमसेन थापाको पतनपछि नेपालको राजदरबारमा अशान्ति, अस्थिरता र अराजकता मौलाउन थाल्यो । राजेन्द्रविक्रम शाह रणबहादुर शाहभन्दा पनि कमजोर क्षमता भएका राजा थिए । उनका श्रीमतीहरु भित्रभित्रै भारदारहरुको गुटबन्दीमा लागी राजाको शक्ति हत्याउन चाहन्थे । जेठी महारानी साम्राज्य लक्ष्मी पाँडे समर्थक थिइन भने कान्छी महारानी राज्यलक्ष्मी भरपर्दो शक्तिको खोजीमा थिइन । साम्राज्य लक्ष्मीले भित्रभित्रै राजा राजेन्द्रलाई असफल बनाइ सत्ताच्युत गरेर आप्mनो छोरो सुरेन्द्रलाई राज गद्दीमा राखी आपूmले नायवी चलाउन चाहन्थिन् । रणजंग पाँडे लगायतका भारदारहरु पनि रानीको पक्षमा लागेर राजालाई असफल बनाउन फौजको तलव घटाउने, राजाका विरुद्धमा राजकुमार र अन्य भारदारहरुलाई उस्काउने जस्ता कामहरु पनि गरेका थिए । तर यी सबै षड्यन्त्रहरु विफल हुँदै गए । राजकाजको पूर्ण ज्ञान भारदारहरु र राजामा पनि नभएको हुँदा मुलुकमा अराजकता फैलिन थाल्यो । सेनाकाजवानहरुले भारदारहरुकै सम्पत्ति लुटपाट गर्न थाले । यता जेठी रानी साम्राज्यको मृत्यु भएपछि उनका पक्षधर पाँडेहरुको आशामाथि वज्रपात प¥यो ।
कान्छी महारानी राज्य लक्ष्मी देवीले सबै शक्ति हत्याएर आपूmले लिन चाहन्थिन भने राजा राजेन्द्रले आप्mनो केही शक्ति कटौती गरी युवराज सुरेन्द्रलाई ‘नानी महाराजधिराज’ को पदवी दिएका थिए । पाँडेहरुले बालक युवराज सुरेन्द्रलाई उस्क्याएर उबद्रो मच्चाउन लगाउँथे । अराजकता झनझन बढ्दै गएपछि राज राजेन्द्रले बाध्य भइ ५ जनवरी १८४३ का दिन आप्mनो सम्पूर्ण अधिकार रानी राज्यलक्ष्मी देवीलाई प्रदान गरेको घोषणा गरे । यो विषयमा एकथरी इतिहासकारहरु राजा राजेन्द्रको असक्षमता र रानी राज्यलक्ष्मीदेवीको बढी महत्वकांक्षाका कारण राजाले आप्mनो अधिकार कटौती गरी कहिले युवराज सुरेन्द्रलाई त कहिले रानी राज्यलक्ष्मीलाई प्रदान गरेका हुन भन्ने तर्क पाइन्छ भने अर्काथरी इतिहासकारहरुको भने ब्रिटिस रेजिमेन्टको आँखामा छारो हाली माथवरसिंह थापालाई शक्तिमा ल्याउने बाहनाका निम्ति उनले आप्mनो अधिकार कटौती गरेको अभिनय मात्र गरेका हुन् भन्ने तर्क पनि पाइन्छ । कान्छी महारानीको उद्देश्य पूरा गर्न सक्ने एकमात्र व्यक्ति भीमसेन थापाकै भतिज माथवरसिंह थापा बाहेक अरु कोही उनले देखिनन् । राजा रानी दुबैको सल्लाह अनुसार नै माथवरसिंह थापालाई नेपालमा बोलाउने निर्णय भयो । भारतको सिम्लामा बसेका माथवरसिंह थापाले राजाको पहिलो प्रस्तवलाई सहजै स्वीकार गरेनन् । आप्mनै भान्जा जंगबहादुरमार्फत दरबारको सबै वस्तुस्थिति बुझेपछि उनी १७ अप्रिल १८४३ मा काठमाडौं प्रवेश गरे । उनी काठमाडौं आएपछि राजाबाट जितापत्र प्राप्त गरी भीमसेन थापाले उपयोग गर्ने सबै अधिकार सहितको आजीवन प्रधान मन्त्री पदसमेत प्राप्त गर्न सफल भए । उनी प्रधान मन्त्री हुँदासाथ भीमसेन थापाको पतनपछि दरबारमा देखिएको अस्थिरता र अराजकतालाई सहजै नियन्त्रण गरी देशमा सुशासन कायम गर्न उनी सफल पनि भए । उनी सच्चा देशभक्त, राजभक्त र कर्तव्यनिष्ठ व्यक्ति पनि थिए । उनको देश, जनता र विदेशमा समेत प्रख्याति बढ्दै गयो । उनी कुनै षड्यन्त्र, जालझेल शक्तिको दुरुपयोग गरी शक्ति वा सत्तामा आएका पनि थिएनन् । बरु देश र नरेशको आवश्यकता पूरा गर्न उनी राजाबाटै जितापत्र, सुनापत्र, अभयभत्र लगायतका अधिकारहरु प्राप्त गरेर सत्तामा आएका थिए । उनलाई रणबहादुर शाहदेखि भीमसेन थापाको हत्यासम्मका सबै दरबारिया षड्यन्त्रका विषयमा पनि राम्रो हेक्का थियो । माथवरसिंहको व्यक्तित्व र शक्तिबाट राजा भित्रभित्रै डराएका थिए भने कान्छी महारानी पनि आप्mनो छोरालाई गद्दी राख्ने योजना विफल भएपछि दुबै (राजा र रानी) माथवरसिंह थापासँग चिडिएका थिए । युवराज सुरेन्द्र पनि जेठी महारानी साम्राज्य लक्ष्मीका पाँडे पक्षधर थिए । राजपरिवार र भारदारहरु सबै माथवरसिंह थापाका बिरोधी खेमामा थिए तर उनीहरुले चाहेर पनि उनलाई सत्ताच्युत गर्न भने सक्दैनथे । माथवरसिंह थापाको षड्यन्त्रपूर्वक हत्या गर्नु बाहेक उनीहरुमा अन्य कुनै बिकल्प थिएन ।
विसं. १९०२ ज्येष्ठ २ गतेका राति ११ बजे एक्कासी महारानीको पेटमा शूल भएको बहान बनाइ माथवरसिंह थापालाई राज दरबारमा बोलाइयो । बलको अभिमान र राजाप्रतिको विश्वासले गर्दा छोरा रणोज्वलले आठपहरिया सहित जान आग्रह गर्दा पनि नमानेर एक्लै दौडदै उनी दरबारमा पुगे । त्यहाँ उनको हत्याको सबै योजना मिलाइएको थियो । उनी रानीको कोठामा प्रवेश गर्दा नगर्दै पर्दा पछाडिबाट लुकेर गोली हानी उनको देहलीला समाप्त गरियो । उनको लासलाई तन्नामा मोडेर भ्mयालबाट तल प्mयांकी अर्को दिन बिहानै केही सिपाहीहरु लगाएर उज्यालो नहुँदै पशुपतिमा लगी दाह संस्कार गरियो । यसरी उनलाई राजदरबारको षड्यन्त्रमा हत्या गरियो भन्ने पुष्टी भएको छ तर यो हत्यामा को को संलग्न थिए भन्ने सम्बन्धमा अहिले पनि फरक फरक तर्कहरु पाइन्छन् ।
कोही इतिहासकारहरुले राजा राजेन्द्र आफैले बन्दुक चलाएर हत्या गरेका हुन् भन्ने तर्क अगाडि सारेका छन् भने केहीले आप्mनै भान्जा जंगबहादुरले मारेको हो भनेका छन् । कोही इतिहासकारले गगनसिंह, कुलमान सिंह र रुवी ध्वजले मारेका हुन् भन्ने तर्क अगाडि सारेका पनि छन् । माथवरसिंह थापाको हत्यापछि उनी लगायत अन्य थापाहरुको समेत सर्वस्व हरण गरियो । यो सर्वस्वहरणमा पनि कोही जंगबहादुर राणा आफै संलग्न थिए भनेका छन् भने कोही माथवरसिंह थापाको हत्यापछि उनका छोरा कर्णेल रणोज्वलसिंह र कप्तान रणजोर थापा लगायत उनको परिवारलाई शरण दिई त्यहाँबाट भगाउनमा सहयोग गरेका थिए भनिएको छ ।
माथवरसिंह थापाको हत्याका विषयमा एकथरी इतिहासकारहरु राजा र रानीको हात रहेको पनि बताएका छन्् भने अर्काथरीले तत्कालीन ब्रिटिस रेजिमेन्टको हात रहेको आशंका व्यक्त गरेका छन् । त्यसै गरी एकथरी इतिहासकार महारानीको चारित्रिक कमजोरी, जोइटिंग्रे राजा, सौतिनी झगडा, राजा युवराजको उदण्ड व्यवहार, भारदारहरु बीचको झगडा, माथवरसिंहको बढ्दो महत्वाकांक्षा आदि देखाएका छन् भने अर्काथरीले माथवरसिंह थापाको आप्mनै अहंकार र अंग्रेज साम्राज्यवाद विरोधी नीतिलाई मुख्य कारण मानेका छन् ।
विसं. १९०३ आश्वीन २ गतेको राति एक्कासी सामेलीको बिगुल बज्यो । राजपरम्परा अनुसार तत्काल सबै भारदारहरु त्यहाँ उपस्थित भए । राजा राजेन्द्र पनि त्यहाँ पुगेका थिए तर प्रधान मन्त्री पत्तेजंगलाई त्यहाँ नदेखेपछि फत्तेजंगलाई लिएर आउँछु भन्दै त्यहाँबाट भाग्न सफल भएभने प्रधान सेनपति अभिमानसिंह बस्नेत तीनपल्टन फौजलाई कोत घरको बाहिर तैनात गराइ आपूm भित्र प्रवेश गरे । उनी पनि त्यहाँबाट बाहिर भाग्ने प्रयत्न गर्दै थिए चतुर जंगबहादुरले उनी बाहिर गएको खण्डमा सारा योजना विफल हुने देखी तुरुन्त आप्mनो युद्धवीरलाई बस्नेतको हत्या गर्ने इशारा गरे । अभिमानसिंहलाई संगीन प्रहार गरेपछि आप्mनो प्राण जानुपूर्व नै कराएर उनले ‘‘गगनसिंहको हत्यारा यै जंगे हो’’ भन्दै सबै षड्यन्त्रको पर्दापास गरिदिए । जंगबहादुरको षड्यन्त्र पर्दाफास भएपछि उनका समर्थकले सबै विरोधीहरुलाई एकै चिहान बनाउन सफल पनि भए । नेपालको इतिहासमा यो घटना कोतपर्वका नामले प्रख्यात समेत भएको छ । यी विभिन्न घटनाबाट नेपालमा देशभक्त र राजभक्त महापुरुषहरु दरबारभित्रकै षड्यन्त्रको चक्रव्यूहमा विनष्ट भएका रहेछन् भन्ने पुष्टी हुन्छ । यसरी पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान सुरु गरी यो अभियान पूरा नहुँदै राजदरबार भित्रकै षड्यन्त्र र चंगुलमा परी राजभक्त, देशभक्त र स्वाभिमान सयौं नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु प¥यो । जो मारिए पनि नेपाली नै मारिए तर मारिनुको कारण फरक थियो । कोही राष्ट्र हितको पक्षमा लाग्दा मारिनु प¥यो भने कोही विदेशीको इशारामा चल्दा मारिनु प¥यो । भाइ भाइमा राष्ट्रको पृष्ठपोषण गर्दा पनि र नगर्दा पनिमारिनु प¥यो । यो प्रवृत्ति आज पनि देशमा भीमसेन प्रवृत्ति र जंगे प्रवृत्तिका नामले विद्यमान छ । यो प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने सम्भावना छ । यो प्रवृत्ति नदोहोरियोस् भन्नका निम्ति हिजोदेखि आजसम्मको इतिहासलाई राम्रोसँग अध्ययन गरी भाइ फुटे गुहार लुटे भन्ने उखानलाई राम्रोसँग बुभ्mन र बुझाउन जरुरी छ । यो दुखद घटनाले गर्दा नै राष्ट्रले हा¥यो, स्वाभिमान नेपालीको शिर झुक्यो र आजसम्म पनि देशले स्वाभिमान एवम् दुरदर्शी नेतृत्व पाउन सकेन । नेतृत्व वर्गमा हीनताबोधले गर्दा विदेशी प्रभुको दासत्वलाई स्वीकार्नुको विकल्प छैन । भोलिका दिनहरुमा यो प्रवृत्ति नदोहोरियोस् यही स्वाभिमानी नेपालीको शुभकामना ।
Previous Articleप्रेमहरु किन विदेशिन्छन्…
Next Article शैक्षिक सुधारमा प्रतिबद्वताको खाँचो