कृष्णप्रसाद शर्मा
गाउँ हरेक दिन खाली हुँदैछ । बिमानस्थलमा विदेशिनेको लाईन र जान तयार पासपोर्ट बनाउनेको लाइन छोटिएको छैन । छोटिंदैन पनि । कोरियाको फर्म भर्ने रातभरी लाइन बस्नेदेखी लुकेर डि.भी भर्नेहरू धेरै छन् । मन्त्रालयका सचिवले जागीर त्यागेर डि.भी रोज्दछन् । भु.पु. राजदुत शरणार्थी भएर बिदेश बस्दछन् । अनि हामी सोच्दै छौ को–किन बिदेशिन्छन् अनि प्रेम बानियाँहरू किन बस्दैनन् ।
टेलिभिजन न्युज युद्धमा कार्यक्रम ‘जय स्वाभिमान’ चलाइरहेका एक अब्बल युवा प्रेम बानियाँ यहि हप्ता स–परिवार अमेरिका गएपछि सामाजिक संजाल उनीप्रति धेरैले प्रश्न पनि गरेका छन् किन जानु भनेर भने कतिपयले जानु पर्ने स्थिति आयो र गए भन्ने बिचारहरू राखे । केही बर्ष पहिला साझा सवालका प्रस्तोता नारायण श्रेष्ठ पनि अमेरिका गएका थिए तर उनी पढ्न गएका कारण धेरै चुपचाप रहे तर यसपटक प्रेम बानिया जाँदा चर्चा भयो आखिर उनी पनि पढ्न गएका हुन् सक्छन् तर उनको भनाई केही आएको छैन ।
कतिपयले भन्ने गर्छन पढेलेखेका युवाहरू स्वदेशमै केही गर्न छोडेर किन बिदेशिन्छन् । कुरो सुन्दा राम्रो पनि लाग्छ तर नेपालमा एउटा निजामति सेवाको लिखितमा बाहेक आफ्नो मान्छे अथवा पार्टिको टिकट छैन भने योग्यले काम पाउन सक्दैन । यदि व्यापार व्यवसायको सवाल भए भिन्नै छ । पढ्न गएका नेपालीहरू बाहेक काम नै गर्न जाने अब्बल नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । कोरियामा जाने नेपाली जसले कोरियन भाषा पास गर्छ त्यो त्यस ठाउँमा काम गर्न जाने योग्यता र त्यहाँ काम लागे पनि खासमा आजकाल अधिकांश युवायुवती स्नातकोत्तर तह समेत उतीककण गरेका जाने गरेका छन् ।
देशमै केही गर्छु भनेर काम गरिरहे पनि कहिं न कहिं आफ्नो स्वाभिमान गिराएरै काम गर्नु परेपछि कतिपय बिदेशिन्छन् । पार्टिको झोले कार्यकर्ता नभएसम्म केवल भोटर भएर पनि न हुने स्थिती छ । बिना सोर्सफोर्स कुनै ठाउँमा काम पाउन नसकिने स्थिती छ । यो सुन्दा नेपाल छोडेर पलायन हुने बाहना लाग्ला तर म कसैको खुट्टा नढोगी काम गर्छु भन्यो भने त्यसको अवस्था प्रेम बानियाँको जस्तो हुन्छ । सिप भएका तर आर्थिक रुपमा सक्षम नभएका कारण कतिपय युवाहरू नचाहेर पनि विदेशिनु परेको छ । विदेश जानका लागी गाउँघरमा चर्को व्याजमा ऋण पाउने भएपनि स्वदेशमै काम गर्न खोजे कसैले पत्ताउँदैनन् ऋण पनि । राज्यले कृषि प्रधानको नारा बषौं लगाए पनि देशमा केहि गर्न खोज्ने युवालाई राज्यले ऋण दिन सक्दैन । कति उर्जावान युवाहरूले आफ्नो क्षमता देखाइरहँदा पनि राज्य तवरबाट तिनीहरूको संरक्षण हुँदैन अनि अन्तिम उपाय बिदेश नगएर कहाँ जाउन प्रेम बानियाहरू !
सानै उमेरमा बैज्ञानिक खोज गर्न सक्नेदेखी विभिन्न उपकरण बनाउन सक्ने कति नेपाली युवाहरूले आफ्नो क्षमता मारेर खाडीका मजरामा पसिना बगाउनु परेको छ । हरेक बर्ष जस्तै राजधानीमा विज्ञान प्रविधिका प्रर्दशनी हुन्छ त्यसको महत्व कसैलाई छैन । त्यो केवल बिरालो बाँध्ने परम्परा जस्तै भएको छ । अझ भनौ राज्यका सम्बन्धित निकायबाट कुनै प्रतिनिधि समेत पुग्दैन अनि यसरी बेवास्ता खेपेको एउटा युवा विदेश नगएर कहाँ जाओस् ।
अहिले देशमा कति अस्थाई शिक्षकहरू छन् जसले बिसौं बर्ष काम गरेका छन् तर बिना पेन्सन बाहिरिनु पर्ने अवस्था छ । त्यस्ता भीरमा अड्केका जागीर कति छन् कति तिनै जागिरलाई छाडेर गएका युवाले बुद्धि पुर्याए नकि देशबाट पलायन । राष्ट्रियता स्वदेश मै बसेर मात्र होईन बिदेशमा बसेर पनि भावना र व्यवहारमा देखाउन सकिन्छ । तर स्वदेशबाट यसरी वितृष्णा लागेर गएकाहरूलाई देशप्रति एक किसिमको नैरश्यता पलाउन सक्छ । त्यसैले पनि कतिपय राम्रा र योग्यले स्वदेश समेत फर्कन खोज्दैनन् । हामी राम्रोलाई भन्दा हाम्रोलाई ठीक ठान्दछौ । सरुवादेखी बढुवा सम्म जेष्ठता र अनुभवलाई लत्ताएर आफ्नो मान्छेलाई बढुवा गरेपछि त्यो कर्मचारी कित राजीनामा दिन्छ कित विदेशिन्छ । राजिनामा पनि नदिएको विदेश पनि नगएर काम गर्नेले केका लागी इमान्दार हुनु भनेर काममा समेत लगाव हुँदैन । आफ्नो भन्दा कम उमेर र अनुभवको मान्छे पहुँच कै भरमा माथी पुग्छ अनि एक होनाहार युवा जसले केही गर्छु भन्ने विदेश नगएर काशी जाओस् त ।
ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नसक्ने मान्छेले कुनै पनि क्षेत्रमा टिक्न दिइदैन । खुला छातीले कुनै कुरा अगाडी बढायो भने त्यसैमा राजनिति मिसाइदिन्छन् वा उसको योजना कुनै कुनामा विसाइदिन्छन् । करिब पाँच बर्ष पहिलाको कुरा हो अमेरिकाको जोन होप्किनस् विश्वविद्यालयमा पि.एच.डी गरेर वैज्ञानिक ज्ञानु लामिछाने नेपालमा केही गर्छ भनौ विश्वविद्यालयमा पढाउँछु भनेर आएका थिए तर नेपालका विश्वविद्यलायका मान्यवरहरूले यो विश्वविद्यलय कहाँ पर्छ हामीलाई थाहा छैन । यसलाई भेरिभाइ गर्नु पर्छ भनेपछि उनलाई नराम्रो लाग्यो र अहिले उनी अमेरिकामै राम्रो वैज्ञानिक कहलिएका छन् त्यो भएपछि प्रेम बानियाँहरू मात्रै होईन विदेश पढेर आउनेका लागी समेत यहाँ ठाउँ छैन भने भन्नुस् प्रेम बानियाँहरू किन बस्ने ? देशमा केही गर्न खोज्ने युवालाई रोक्न नसके भोली यो देशको इतिहास मात्रै होईन नाक्शामा समेत नरहन सक्छ त्यसैले बेलैमा सक्षम युवाहरूलाइ राज्यले रोक्ने योजना थालोस् ।