म्याग्दी, २२ चैत– जबरजस्ती करणीका घटनालाई पीडितलाई आर्थिक प्रलोभनमा पारी लुकाउनु गम्भीर समस्या भएको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागिको भनाई छ । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र गर्ने गरिएकाले पनि बलत्कारीको आत्मबल बढेको बताइएको थियो । जिल्ला प्रहरी कार्यालयले जवरजस्ती अपराध, अनुसन्धान तथा नियन्त्रण अभियान अन्र्तरगत बेनीमा प्रहरी तथा सरोकारावाला निकाय बीच गरेको छलफलमा जिल्लाभित्र जवरजस्ती करणीका घटनालाई न्यूनिकरण गर्न सचेतना र सुरक्षाको ज्ञान ग्रामिण क्षेत्रका नागरिकलाई दिनुपर्नेमा दिइएको छ ।
पीडितको पहिचान खुल्दा भविस्यमा समस्या हुने भन्दै समाजमा राजनीतिक तथा सामाजिक क्षेत्रमा संलग्नहरूबाट नै घटनालाई लुकाउने प्रयासले देशभर बलात्कारका घटना बढ्दै गएको बताउँदै बलात्कारका घटना न्यू्निकरणमा प्रहरीले सरोकारावाला निकायसंग सहकार्य गर्ने गरी अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले पारिवारिक विखण्डमा परेका ब्यक्ति, आर्थिक प्रलोभन, चिनजानकै ब्यक्तिको संलग्नता, गरिव तथा विपन्न परिवारका सदस्यलाई निसाना लगाएत विभिन्न कारणले समाजमा बलात्कारका घटना बढ्दै गएको बताइन् ।
जिल्लामा आर्थिक बर्ष २०७२/७३ मा ४, आर्थिक बर्ष २०७३/७४ मा ३ र चालु आर्थिक बर्षमा ६ वटा बलात्कार घटना दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । देशभर बलात्कारका घटना बढ्दै जान थालेपछि प्रहरी प्रधान कार्यालयबाटै तीन महिने कार्ययोजना सहित अपराध अनुसन्धानमा खेल्नु पर्ने भूमिकाका बारेमा प्रहरीलाई आन्तरिक प्रशिक्षण, मुद्धा सहित पीडकलाई कारवाही र पीडितलाई छिटो न्याय दिलाउन आवश्यक प्रहरीलाई अनुशिक्षण तालिम, सरोकारावाला निकायसंग अन्तरक्रिया तथा तीन महिने कार्ययोजना बनाउने बताइएको छ । कार्यक्रममा प्रजिअ कृष्णप्रसाद अधिकारी, बेनपाका मेयर हरिकुमार श्रेष्ठको उपस्थिति थियो ।
Previous Articleशून्य समयमा के के माग राखे प्रदेश सभासदले ?
Next Article ‘स्थानिय तहका काम र समस्या बाहिर आउनुप¥यो’