काठमाडौं, २१ चैत-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकता रोक्न चलखेल भएको बताएका छन् । भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन आग्रह गरेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,’भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन ।’
अध्यक्ष प्रचण्डले माओवादी सांसदहरुलाई सचेत ढंगल एकताको पक्षमा भूमिका खेल्न भन्दै चलखेलबाट प्रभावित हुन निर्देशन समेत दिएका छन् । एमाले-माओवादी पार्टी एकता सहज ढंगलले अघि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको भन्दै बताए ।‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ ।’ उनले भने,’हिजो मात्र हामीले राजनीतिक प्रतिबेदन र बिधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’
अध्यक्ष प्रचण्डले केन्द्रमा सह-अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए । संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।
एकता रोक्न भित्र र बाहिर दुबैतिरबाट चलखेल भयोः प्रचण्ड
Previous Articleदिल्ली–काठमाडौं चल्ने बसमा रक्तचन्दन तस्करी
Next Article एमाले दलको उपनेता नेम्वाङ, प्रमुख सचेतक अधिकारी