नेपालमा पछिल्लो समय आर्थिक कारोवारको ठुलो हिस्सा ओगटेको क्षेत्र सहकारी आजबाट ६१ औं बर्षमा प्रबेश गरेको छ । आर्थिक क्रान्तिको महत्वपुर्ण अंग मानिएको सहकारी क्षेत्र छैटौं दशक पार गरिसक्दासम्म निकै ठुलो फड्को मारेको अवस्थामा छ । अहिलेभन्दा करिव २४÷२५ बर्ष पहिलासम्म देशको राजनीतिक अवस्थाका कारण स्वतन्त्र हिसाबले बिस्तार हुन नसकेको सहकारी क्षेत्रको विकास पछिल्ला दुई दशकमा निकै द्रुत गतिमा भएको छ ।
आज देशमा उत्पादनका क्षेत्रदेखि बैदेशिक रोजगारीको क्षेत्रसम्म कहिँ न कहिँ सहकारी क्षेत्रको आबद्धता रहेको पाईन्छ । सानो–सानो पुँजिको संकलन गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने सहकारीको नीति देशको आर्थिक विकासका लागि निकै महत्वपुर्ण बिषय हो । तर पछिल्लो समय सहकारीको प्रयोग गरेर बचत र लगानी मात्रै हैन कर्जामा निकै चर्को व्याजदर लिएर रातारात मालामाल हुने चाहना राख्नेहरुले कहिँ कतै सहकारीलाई बद्नाम गरेका घटनाहरु पनि सार्वजनिक नभएका होईनन् । सहकारी पुँजि नभएकाहरुलाई जम्मा पारेर पुँजिको निर्माण गर्दै न्युन आर्थिक क्षमता भएका नागरिकहरुलाई पनि उत्पादनशिल क्षेत्रमा जोड्ने एउटा माध्याम हो । नेपाल सरकारले बनाएको ऐन नियम र परिधिमा रहेर काम गर्ने भएकाले सहकारी क्षेत्रको बैधानिकता र जोखिमको समेत सरकारले ग्यारेण्टी गरेको हुन्छ ।
सहकारीले यसको मर्म र ऐन नियम कानुनले व्यवस्था गरे अनुसारको कार्य मात्रै गर्न पाउछन् तर पछिल्लो समय यसको सिमा मिचेर कमाउ धन्दामा लाग्नेहरु पनि सहकारी क्षेत्रमा छन् । सानो लगानी भएकाहरुको पनि निर्णायक अधिकार हुने भएकाले सहकारी क्षेत्र कार्यकारी अधिकार पाएका तथा सञ्चालकहरुलाई समेत उत्तरदार्यी बनाउने एउटा पारदर्शि निकाय हो । अझै यसको बर्षैपिच्छे साधारण सदस्यहरुबाट आर्थिक क्रियाकलापको प्रतिवेदन पारित गराउनै पर्ने र यदि हिनामिना भएको खण्डमा सहकारीका सदस्यहरुले नै कारवाही गर्ने भएकाले यसको पादर्शीतामा प्रस्न उठाउने ठाउँ छैन् ।
देश पुन संरचनामा गएपछि बनेका स्थानिय तहहरुमा बैंकिङ कारोवार सञ्चालन गर्नका लागि रहेक स्थानिय निकायमा कुनै न कुनै बैंकको पहुँच पुग्ने गरी सरकारे शाखा बिस्तारका लागि अनुरोध गरिरहेको छ । सरकारी तथा निजी क्षेत्रका केही लगानी कर्ताको लगानीमा स्थापना भएको बैंकहरुको तुलनामा अहिले पनि देशका कुना–कन्दरासम्म सहकारीहरुले सेवा सुबिधा दिन एक कदम अगाडि रहेको कुरामा कसैको दुई मत छैन् । स्थानिय कै लगानीमा सञ्चालनमा आएका सहकारीहरु सुरक्षाका हिसाबले कुनै प्रबन्ध गरीराख्नु नपर्ने र सहजताका हिसावले समेत स्थानिय आँफैले प्रबन्ध मिलाउने भएकाले बिना झण्झट सहकारीहरुले सेवा प्रदान गर्न सकेका हुन् । सहकारीमा स्वामित्व भएका सबैले त्यसको रक्षामा ध्यान दिने भएकाले देशका हरेक क्षेत्रमा बैंक भन्दा सहकारी संस्थाहरु सुरक्षीत छन् । सहकारी क्षेत्र ६१ बर्षमा प्रबेश गरिरहँदा राज्यको अर्थतन्त्रको महत्वपुर्ण अंगका रुपमा सहकारीलाई समाबेश गर्दै नयाँ बनेका स्थानिय तहहरुमा बैंकहरुले जत्तिकै सेवा प्रधान गर्ने गरी सहकारीहरुले मान्यता पाउन सकुन् । ६१ बर्षको उमेर सम्म आईपुग्दा सहकारीले कमाएको साख नगिरोस हाम्रो तर्फबाट सहकारी दिवशको शुभकामना ।
Previous Articleगणतन्त्रका बग्गी, कार्पेट र पिर्का !
Next Article जजक न्युन गर्ने अभियान