बागलुङ, १८ चैत– जिल्लाको दक्षिणमा रहेको एक बिद्यालयले शनिबार एसईईमा सामेल बिद्यार्थीसँग भेटघाट गरेको छ । यस बर्षदेखी कक्षा ११ सञ्चालनमा ल्याउन लागेको बिज्ञान संकायमा बिद्यार्थी आर्कषण गर्नको लागि एसईई परिक्षा केन्द्रहरुमै पुगेर बिद्यार्थीसँग भेटघाट गरेको बिद्यालयले जनाएको छ । शान्ति माध्यामिक बिद्यालयले जिल्लाको दक्षिणमा रहेका चार परिक्षा केन्द्रमा पुगेर बिद्यार्थी भेटघाट गरेको हो ।
शैक्षिक सत्र २०७५ देखी कक्षा ११ मा बिज्ञान संकायमा अध्यापन शुरु गर्न लागिएकाले पहिलो चरणमा एसईई परिक्षामा सामेल बिद्यार्थीहरुसँग भेटघाट गरिएको बिद्यालयका प्रधानाध्यापक यमबहादुर जिसीले बताए । परिक्षाको अन्तिम दिन शनिबार शान्ति माध्यामिक बिद्यालय कुश्मीशेरा, जनता माध्यामिक बिद्यालय राङ्खानी, जनता माध्यामिक बिद्यालय सर्कुवा र सुन्तलाचौर माध्यामिक बिद्यालय दमेक परिक्षा केन्द्रमा पुगेर बिद्याथीहरुसँग भेटघाट गरेको प्रअ सिजीले जानकारी दिए । बिज्ञान संकाय सञ्चालन गर्नको लागि गठन भएको ४७ सदस्यीय सहयोग समितीको टोली परिक्षा केन्द्रहरुमा पुगेको थियो । परिक्षार्थीलाई भेटेर समितीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा सञ्चालन हुन लागेको बिज्ञान संकायका बिषयमा जानकारी गाउँदै बिद्यार्थीहरुको सुझाव संकलन गरेको बिद्यालय स्रोतले जनाएको छ । नगरपालिकाको केन्द्र समेत रहेको कुश्मीशेरामा बिज्ञान संकाय सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गदै बिद्यार्थीहरुले सकारात्मक प्रतिक्रिया दिएको समितीका संयोजक हरिप्रसाद शर्माले बताए ।
पहिलो चरणमा शिक्षाप्रेमीहरुको भेला गरेर सहयोग समिती गठन गरेको बिद्यालयले दोस्रो चरणमा बिद्यार्थी भेटघाट कार्यक्रम सञ्चालन गरेको हो । बिद्यार्थीको सहजताका लागि बिद्यालयले गाउँमा नै बिज्ञान संकाय सञ्चालन गर्न लागेकाले बिद्यार्थीहरुको सुझाव लिनु अत्यावस्क रहेको प्रअ जिसीले बताए । चारवटा समुह बनाएर परिक्षार्थी भेट्न केन्द्र–केन्द्रमा समितीका सदस्यहरु पुगेका थिए । यसअघि बिज्ञान संकाय सञ्चालनको लागि दक्षिणका शिक्षाप्रेमीहरुको भेलाले पुर्व प्रधानाध्यापक हरिप्रसाद शर्माको संयोजकत्वमा ४७ सदस्य रहेको सहयोग समिती गठन गरेको थियो । बिद्यालयले बिज्ञान संकायमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुका लागि बृजकोर्स समेत चैतको २५ गतेदेखी सुरु गर्ने जनाएको छ ।
प्राबिधिक धारतर्फ यसअघि कक्षा ९ देखी १२ सम्म कम्प्युटर इन्जिनियरीङ बिषयमा अध्यापन गराई रहेको बिद्यालयले यस बर्षदेखी कक्षा ११ मा बिज्ञान संकाय सुरु गर्न लागेको हो । २०७० सालमा कक्षा ९ र २०७२ सालमा कक्षा ११ बाट कम्प्युटर इन्जिनियरीङ बिषयमा अध्यापन सुरु गरेको बिद्यालयले २०५७ सालदेखी कक्षा ११ मा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । जिल्लाको दक्षिणमा यसअघि जनता माबि जैमिनी–१० राङ्खानीले मात्रै बिज्ञान संकायमा अध्यापन गराउँदै आएको छ ।