बागलुङ, १८ चैत– बिमानस्थल सञ्चालनले जिल्लाबासीको गन्तव्य बनेको बलेवाको नारायणस्थान शनिबार साहित्यमय बन्यो । पं. निलकण्ठ स्मृति प्रतिष्ठान भरतपुर चितवनले आयोजना गरेको पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा नारायणस्थानमा साहित्यकारहरु जम्मा भएर कविता बाचन गरेका हुन् । चितवन, कास्की, बागलुङ र पर्वत लगायतका जिल्लाबाट आएका साहित्यकारहरुले बलेवामा आयोजित पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा आफ्ना रचना प्रस्तुत गरेका थिए । साहित्यकारहरुले पछिल्लो समय नेपाली साहित्यको क्षेत्रमा मौलाएको बिकृती प्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले साहित्यको क्षेत्रमा आएको बिकृतिलाई चिरेर साहित्यकारहरुको बर्गिकरण गर्नुपर्नेमा जोड दिए । देशभरका साहित्यकारहरुको शनिवार जिल्लाको बलेवामा जम्मा भएका पं. निलकण्ठ पौडेलको स्मृतीमा चितवनको भरतपुरमा स्थापना गरिएको प्रतिष्ठानले १ सयौं जन्म जयन्तीको अवसर पारेर निलकण्ठ जन्मस्थलमा साहित्यीक कार्यक्रम आयोजना गरेको हो । छोरा लकाश पौडेलले स्थापना गरेको प्रतिष्ठनले बिभिन्न बिधामा ७ जना साहित्यकारहरुलाई पुरस्कार बितरण गर्दै सम्मान समेत गरेको थियो ।
पुरस्कारहरु मध्ये जन्मशताव्दी सम्मान तथा पुरस्कार बागलुङका साहित्यकार एवं समाजसेवी दिनानाथ शर्मा, पं नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य बिषेश पुरस्कार चितवनका प्रा.डा नारायणप्रसाद खनाल, पं नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य बिषेश पुरस्कार बागलुङका साहित्यकार मुकुन्द शर्मा चालिसे, पं नीलकण्ठ पौडेल स्मृति स्रष्टा पुरस्कार बागलुङका साहित्यकार काजी रोशन लाई प्रधान गरीएको छ । त्यस्तै पं नीलकण्ठ पौडेल स्मृति स्रक्ष्टा पुरस्कार म्याग्दीका साहित्यकार ध्रुवलाल शर्मा, हस्तकला–पञ्चकला स्मृति साहित्य एवं कला महिला स्रष्टा पुरस्कार चितवनका नमुना शर्मा र पं नीलकण्ठ पौडेल स्मृति युवा साहित्यकार पुरस्कार बागलुङको वलेवाका भतर पौडेल (भरत बागलुङे) लाई प्रधान गरीएको छ । उनिहरु सबैलाई नगद रु १० हजार र सम्मानपत्रले सम्मान गरीएको प्रतिष्ठानले जनाएको छ ।
शनिवार भएको पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सम्मानित सातैजना साहित्यकारहरु, बानपा–१३ का वडाअध्यक्ष नारायण पौडेल, बानपा–१४ का वडाअध्यक्ष चत्रबहादुर खत्री लगायतले बोलेका थिए । पं नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलको अध्यक्षता, सदस्य कुमार पौडेलको स्वागत र कवि भुपिनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बलेवामा सात जना स्रष्टालाई प्रतिष्ठानको सम्मान
Previous Articleउत्खननको पर्खाइमा तमानखोलाको तामाखानी
Next Article २०७४ चैत १८ गते आईतबारको राशिफल