फिल्म ‘नेप्टे’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आँखा छ चिम्रो’ बोलको गीतमा रोहिच रुम्बाको संगीत रहेको छ। रोहितकै शब्द रहेको गीतमा विशन राई र दीपा लामाको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा रोहित रुम्बा, ए गुरुङ, वुद्धी तामाङ र पूर्णिमा लामा फिचरिङ छन्।
भिडियोमा रोहित, ए गुरुङ र वुद्धीचाँहि पूर्णीमालाई आफ्नो बनाउने दाउमा छन्। ‘आर रोशनी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म नेप्टेलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। रोहित रुम्बाको लगानी रहेको फिल्ममा दयाहाङ राई र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको छ। फिल्मको कथा पनि रोहितले नै लेखेका हुन्। चैत ३० मा रिलिज हुने यस फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घले लामाको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ।
Previous Articleप्रदेश ४ : सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा
Next Article दैव पनि कतिसम्म कठोर भैदियो…