काठमाडौं, १६ चैत- यही चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैसाथ गर्ने भन्दै शिक्षक सेवा आयोगले परीक्षा स्थगित गरेको हो । परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै विद्यार्थीहरू अनशन बस्दै आएका थिए । शुक्रबार राजधानीमा चक्काजामसमेत गरिएको थियो ।
Previous Articleसरकारले ल्यायो श्वेतपत्र, सरकारी ढुकुटी रित्तो छ-अर्थमन्त्री
Next Article तय भयो प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति