काठमाडौं १६ चैत – अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाबारे शुक्रवार संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले अहिलेको अर्थतन्त्रको अवस्था जर्जर रहेको जानकारी गराएका हुन् ।
खतिवडाले अहिले सरकारी कोष करिब रित्तो अवस्थामा रहेको बताउँदै दीर्घकालीन संरचनागत परिवर्तन नगरी दोहाुरो अंकको आर्थिक बृद्धि सम्भव नभएको बताए । खतिवडाले हाल आन्तरिक आयको ९० प्रतिशत भन्दा बढी अंश उपभोगमै खर्च हुने, उत्पादन लागत र अयात बढ्दा व्यापार घाटा बढ्दै गएको बताउँदै यसका लागि नीतिगत सुधार आवश्यक रहेकामा जोड दिए ।प्रतिव्यक्ति आयको अवस्था समेत कमजोर अवस्थामा रहेकाले नेपाललाई विकासशील राष्टमा स्तरोन्नति गराउने योजना ३ वर्षपछिलाई सारिएको उनले बताए ।
सेयर बजार सतही
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा स्वेत पत्रको सारंश प्रस्तुत गर्दै सेयर बजार सतही रहेको टिप्पणी गरेका छन् । ‘नेपालको पुँजी बजार सतही रहनुका साथै, अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भएपनि धितोपत्र बजारमा मात्र सिमित छ,’ अर्थमनत्री खतिवडाले भने । उनले पुँजी बजार मार्फत स्वलगानीको लागि ठुलो परिमाणमा पुँजी जुटाउन सक्ने भएपनि संस्थागत र नीतिगत सुधार आवश्यक देखिएको बताएका छन् ।
अहिले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपुर्ति बढ्नु कारण भएको उनले बताएका छन् । बजारमा यथार्थ सुचना सम्प्रेषणको अभाव, पारदर्शीताको कमि, विशेष गरि साना लगानीकर्ताहरुमा बजारसम्बन्धि ज्ञानको अभावले पनि सेयर बजार उतार चढाव भइरहेको उनको भनाई छ । पछिल्लो समय अर्थमन्त्रीले बजारलाई अनुत्पादन भनेको, सेयर बजार माग र आपुर्तिमा निर्भर हुने र नबुझि बजारमा नपस्न आग्रह गरेको भन्दै उनको आलोचना हुदै आएको छ ।
ग्रामिण तहमा वित्तीय सेवा अपेक्षित रुपमा पुग्न नसकेको पनि अर्थमन्त्रीको जानकारी गराएका छन् । हाल ३ सय ७९ स्थानीय तहमा अझै वाणिज्य बैंक पुगेको छैन । उनले सहकारी मार्फत वित्तीय सेवा पुगिरहेको भएपनि प्रभावकारी नियमन र क्षमता विस्तार हुन नसकेको उल्लेख गरेका छन् । त्यस्तै, बीमाको दायरामा १० प्रतिशत पनि नपुगेको, अनौपचारिक वित्तीय क्षेत्रको दायरा अझै फराकिलो छ ।
निक्षेपको ब्याज बढ्दा महत्वपूर्ण क्षेत्रमा लगानी घट्यो
अथमन्त्री खतिवडाले बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा निक्षेपको व्याजदर उच्च भएको र यसले निक्षेपकर्ता लाभान्वित भएपनि कर्जाको उपयोग निकै महंगो भएको बताएका छन् । उनले कृषि, जलविद्युत्, पर्यटन जस्ता अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रमा लगानी नहुने सम्भावना देखिन थालेको उल्लेख गरेका छन् । बैंकहरु पछिल्ला दिनमा व्याजदरमा प्रतिस्पर्धी देखिन थालेपनि सेवामा त्यस्तो नदेखिएको अर्थमा खतिवडाले टिप्पणी गरेका छन् । उनले बैंकहरुको वित्तीय सेवा प्रवाह प्रतिपस्र्धी हुन नसकेको बताए ।
सरकारले ल्यायो श्वेतपत्र, सरकारी ढुकुटी रित्तो छ-अर्थमन्त्री
Previous Articleटन्न पैसा कमाउन प्रदेशिएका सविन ह्विल चियरमा फर्किए
Next Article अस्थायी शिक्षकको परीक्षा स्थगित