बागलुङ, १५ चैत– जिल्लाको काठेखोला गाउँपालिकाले दिगो विकास रणनीतिक योजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । गाउँपालिकाको विकासका लागि आवश्यक सबै सम्भावना र चुनौतीहरु सहितका योजना निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाको कार्यालयले जनाएको छ । आगामी आर्थिक बर्षदेखि लागु हुने गरी बीस बर्षे रणनीतिक योजना तयार गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । सामुदायिक विकासको अबधारणा अन्र्तगत निर्माण हुन लागेको योजनाले गाउँपालिकाको आगामी कामका लागि ठुलो सहयोग गर्ने अध्यक्ष थापाले बताए ।
योजना निर्माणका लागि वडाहरु, वडाका हरेक टोलहरु र गाउँपालिका तहमा योजनाको पहिचान तथा प्राथमिकीकरणका लागि भेला तथा छलफलको काम सकिएको र गाउँपालिका भित्रका प्रत्येक घरको तथ्याङक संकलनको काम भैरहेको वडा नं ७ का वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।
घरघरमा कर्मचारीको सहायतामा तथ्याङक संकलन गर्दा सर्वसाधारणको प्राथमिकताका योजनाका बिषयमा समेत लगत लिईने र सोही आधारमा टोल–टोलमा पुनः छलफल गरेर वडा जतहमा लैजाने तयारी रहेको वडा नं ३ का वडा अध्यक्ष बिद्यापति शर्माले बताए । घरदेखी टोल र टोलदेखी वडामा आएका योजनाहरुलाई वडा स्तरमा छलफल गरेर गाउँपालिकामा छलफलका लागि टेवल गर्ने योजना रहेको शर्माले जानकारी दिए । गाउँपालिकाले रणनीतिक योजना निर्माणका लागि तथ्याङ्क संकलन गर्न प्रत्येक वडामा ३ जना कर्मचारी नियुक्त गरेको छ । गाउँस्तरबाटै छनौट भएका कर्मचारीलाई प्राबिधिक ज्ञान र तालिम दिएर तथ्याङ्क संकलनका लागि खटाईएको अध्यक्ष थापाले बताए । ‘असार मसान्त अगाडिनै हामीले योजना तयार पाछौं’ थापाले भने– ‘योजना बनेपछि सोही योजनाको प्राथमिकताका आधारमा विकास निर्माणका काम अगाडि बढ्छन् ।’ गाउँपालिकाले तथ्याङक संकलनका बेला स्थानियसँग आफ्नो आवश्यकताका योजना र योजना बनाउँदा आवश्यक पर्ने कामको प्रकृति समेत मागेर समाबेश गर्न भनेको छ ।
योजना निर्माणका लागि गाउँपालिकाको भौतिक अवस्थितको बारेमा इन्जिनियरहरुको सल्लाह लिने र शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका बिषयमा स्थानिय बिज्ञहरुसँग छलफल गरेर उपयुक्त उपायलाई योजनामा दसमाबेश गर्न लागिएको अध्यक्ष थापाले बताए । ‘हामीले बनाउन लागेको दिगो विकासका लागि रणनीतिक योजनाले परम्परागत खेती प्रणालीमा परिवर्तन, बिदेश पलायन रोक्ने र बाँझो जग्गाको उपयोग गर्दै गाउँपालिकाका सबै बस्ती उत्पादनमुखी हुन भन्ने हो’ उनले भने– ‘स्थानियको प्राथमिकताका आधारमा बन्ने पुर्वाधारहरुले हामी लक्ष्यमा पुग्छौं भन्ने लागेको छ ।’ आगामी परिषदबाट पारित गर्ने गरी तयार भैरहेको योजनामा बिशेष गरेर स्थानियले बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा रखेका छन् ।
गाउँपालिकाको दिगो विकासका लागि रणनीतिक योजना बनेपछि सोही अनुसार काम अगाडि बढ्ने कार्यालयले जनाएको छ । ‘योजना बनेपछि प्राथमिकताका आधारमा विकास निर्माणको काम अगाडि बढ्छ’ अध्यक्ष थापाले भने ‘बाँकी रहेका हाम्रा चार बर्ष रणनीतिक योजनाकै आधारमा काम गछौं ।’ योजना अनुसार, काम अगाडि बढाउँदा जनप्रतिनिधिहरुलाई कामको बोझ कम हुने र गाउँको विकासका लागि अन्य आर्थिक स्रोत खोज्न समय मिल्ने थापाको भनाई छ । सडक, सिंचाईं, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर टोलको छलफलबाट योजना आएकाले सोही अनुसार प्रत्येक वडामा ५ जनालाई उद्यमी बनाउने गरी कार्यक्रम तय गरिने अध्यक्ष थापाले बताए ।
Previous Article२०७४ चैत १५ गते बिहिबारको राशिफल
Next Article लाखौंले हेरे बागलुङमा सञ्चालीत चैत्राष्टमी मेला