देशभर सञ्चालन भैरहेको एसईई परिक्षाको यो वा त्यो ढंगबाट अनुगमनको काम भैरहेको छ । राज्यको पुन संरचना भएकाले केन्द्र सरकार मार्फत परिक्षा नियन्त्रण कार्यालयले लिईने अन्तिम परिक्षाको रुपमा लिईएको परिक्षाको अनुगमनको लागि स्थानिय तहका प्रमुख देखी वडा तहका जनप्रतिनिधिहरु यति वेला निकै व्यस्त देखीने गरेका छन् । सामान्य समयमा बिहान ९ बजे सम्म बिस्तारामा देखीने गरेका जनप्रतिनिधि समेत एसईई परिक्षाको अनुगमनको नाममा परिक्षा केन्द्रहरुमा एकाबिहानै देखीने गरेका छन् । गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उप प्रमुखको अनुगमनको पाटो एकातर्फ होला तर अर्को तर्फ वडा अध्यक्ष र वडा सदस्यहरु समेत जनप्रतिनिधि भएको दम्भकासाथ परिक्षा केन्द्रहरुमा घुमिरहेका छन् । परिक्षाका बेला बिद्यार्थीहरुले गर्ने अनियमितताको पाटो एकातर्फ होला वा शिक्षक तथा निरिक्षकहरुबाट हुने परिक्षाको मर्यादा विपरितका काम एकातर्फ होलान तर परिक्षा केन्द्रको वरीपरि परिक्षा अवधि भर घुमिरहेका कयौं मानिसहरुका कारण कक्षा कोठा भित्र परिक्षा दिईरहेका परिक्षार्थी बालबालिकामा पर्ने असरको विषयमा पनि हेक्का हुन जरुरी छ ।
जब सम्म राष्ट्रव्यापी एसएलसी परिक्षा हुन्थ्यो त्योबेला सम्म विद्यार्थी उत्र्तिण वा अनुत्र्तिण हुने परिपाठि थियो । १ सय पुर्णङ्कमा ३२ नम्बर अनिवार्य ल्याएर सबै विषय उत्तिर्ण गर्नुपर्ने वाध्यात्मक अवस्थाका कारण परिक्षार्थीले भरपुर प्रयास उत्तिर्ण हुनका लागी गर्ने गरेका थिए । त्यो समयमा परिक्षाको मर्यादा विपरितका काम गर्न विद्यार्थी मात्रै हैन अभिभावक र शिक्षकहरु समेत त्यस्तो कार्यका लागि उद्दत हुने गरेका उदाहरणहरु हाम्रा सामु छन् । एकातर्फ विद्यार्थिलाई उत्तिर्ण हुनका लागि निश्चित अंक प्राप्त गर्नैपर्ने बाध्यात्मक अवस्था त अर्को तर्फ बिद्यालयहरुको शैक्षिक गुणस्तरको मापन समेत यहि परिक्षाको नतिजालाई आधार मानेर गरिने भएकाले परिक्षाहरुमा अनियमितताको प्रयास हुने गरेको थियो । तर पछिल्लो समय शिक्षा विभागले गरेको व्यवस्था अनुसार विद्यार्थी उत्तिर्ण अनुत्तिर्ण भन्दा पनि उसको क्षमता ग्रेडमा मापन हुने भएकाले त्यस्ता क्रियाकलापमा कमि आएको छ ।
विद्यार्थीहरुकै भनाईलाई आधार मान्ने हो भने अनुत्तिर्ण नहुने र प्राप्तांकलाई ग्रेडमा मापन गर्ने भएकाले विद्यार्थीहरुले निर्धक्क भएर जानेका कुरा लेख्ने गरेका छन् । विद्यार्थी र परिक्षा केन्द्रहरुमा यस्तो अवस्था हुँदा हुँदै पनि अनुगमनका नाममा परिक्षा चलिरहेका बेला परिक्षा केन्द्र तोकिएका विद्यालयहरुमा जनप्रतिनिधि र दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिती के का लागी ? परिक्षा केन्द्रहरुको मर्यादा कायम राखेर व्यवस्थापनको पाटोलाई मजबुद बनाउनु स्थानिय सरकारको जिम्मेबारी हो । यदि परिक्षाका समयमा कहिँ कतै अनियमितता भए वा अप्रिय घटना भय भने त्यसको समाधानको जिम्मेबारी पनि स्थानिय सरकारको हो तर परिक्षालाई मर्यादित बनाउने बहानामा परिक्षार्थीको मनोभावना गिर्ने गरी परिक्षा केन्द्रमा गस्ति गर्ने काम उनिहरुको हैन । परिक्षाका लागि केन्द्रादक्ष, सह–केन्द्रादक्ष र निरिक्षक तथा कर्मचारीको ब्यवस्था गरीएको छ । जसलाई जे काम दिईएको छ सोही काम गर्न जिम्मेबार बनाऔं तर हस्ताक्षेप नगरौं । परिक्षा मर्यादित र नतिजा सफलता उन्मुख बनाउन अव्यवहारीक जनप्रतिनिधिको गस्ति तत्काल बन्द गरौं ।
Previous Articleराधिका तामाङको अभिव्यक्तिले तरंगित राजनिती
Next Article २०७४ चैत १४ गते बुधबारको राशिफल