डिल्लाप्रसाद गौतम
अहिले मुलुकमा पुन राजनितिक तरंग पैदा भएको छ । राज्य संघिय संरचनामा प्रवेश गरि संघियता कार्यान्वयनको संघारमा छ । संघिय प्रणाली अनुसार राज्यका तिनै वटै तहको निर्वाचन सम्पन्न भै प्रदेश तथा संघको सरकार समेत गठन भैसकेको पनि छ । तर, संघियता कार्यान्वयनको लागि दर्जनौ कानुन निर्माण हुनु आवश्यक छ । हालै मात्र प्र.म. के.पी. वलीले प्रदेशका मुख्य मन्त्रीहरुको संयुक्त बैठक बोलाई छलफल गर्दा पनि प्रदेशका मुख्य मन्त्रीहरुले आवश्यक कानुनको अभावमा आफुहरुले जनचाहाना र अपेक्षानुसार काम गर्न नसकेको र छिट्टै नै कानुन निर्माणको पहल गरि सरकार सञ्चालन र संघ तथा प्रदेशले आवश्यक काम गर्नको लागि नीतिनियम तर्जुमा गर्नुपर्नेछ । यसरी मुलुक आवश्यक नीतिनियम र कानुन तर्जुमा गर्न गृह कार्यमा जुटिरहदा हरेक जात–जाति अनि धर्म संस्कृतिको जगेर्ना हुनुपर्ने माग उठ्नु स्वभाविकै मानिन्छ । तर पनि देशको संविधान विपरित कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै निश्चित समुदायका मागको विषयलाई उठाएर करिब ९० प्रतिशत हिन्दु धर्मालम्बीको आस्थाको प्रतिक माथि धावा बोल्नुले एकातिर नेपालको संविधान २०७२ को ठाउँ उलङ्घन त भएको नै छ भने बहु संख्यक हिन्दु धर्मावलम्बीहरुको आस्थामा समेत चोट पुगेको छ । प्रसङ्ग हो ३ नं प्रदेशकी उप–सभामुख राधिका तामाङले दिएको अभिव्यक्ति । राधिका तामाङले ३ नं प्रदेशमा गाई काटेर खाएको अभियोग लागेर थुनामा परेका व्यक्तिहरुलाई थुनामुक्त गराउनको लागि गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउनुका साथै सार्वजनिक स्थानबाटै गाई काटेर खाने कानुनको माग गरेकी थिइन ।
अहिले उनको अभिव्यक्तिलाई लिएर विभिन्न सञ्चार माध्यम अनि फेसबुकका बालहरु भरिएका छन् । राधिका तामाङका अभिव्यक्तिको विरोध तथा समर्थनमा कैयन अभिष्ट र अमर्यादित अभिव्यक्ति फेसबुकवालहरुमा आइरहदा सम्बन्धीत निकाय कानुन तथा मर्यादाको कार्यान्वयन गराउने गृहमन्त्रालय तथा सम्पुर्ण नेपालीको प्रतीनिधीत्व गर्ने, देशको नियम–कानुनको पालनामा अग्रसरता लिनु पर्ने प्रधानमन्त्री अनि पार्टीको तर्फबाट उप सभामुख बनाउन सहयोग गर्ने उनको पार्टी ए.ने.क.पा. माओवादी पार्टी कहि कतैबाट कुनै प्रकारको धारणा बाहिर नआउनुले कहि कतै सरकारको आउनुमानै राधिका तामाङको अभिव्यक्ति त आएको हैन ? गम्भिर प्रश्नचिन्ह खडा गरिदिएको छ । राजधानिमा यहि विषयलाई लिएर नारा जुलुश, झडप सहित सडकमा आगो बलिसकेको छ । उता राधिका तामाङको अभिव्यक्तिको विषयमा अनलाइनहरुमा वाक युद्ध चलिरहँदा जातिय तथा धार्मिक आक्षेप लागि रहेका छनु् । यस विषयमा सम्बन्धित पक्षबाट समयमा नै ध्यान नपुग्ने हो भने कुनै स्थानबाट जुनसुकै समयमा जातिय तथा धार्मिक सांस्कृतिक युद्ध शुरु हुन सक्ने सम्भावना बढेको छ । तर यस विषयमा उप सभामुख तामाङले एक विज्ञप्ति जारी गर्दै आफुले उक्त माग नगरेको र आफ्नो चरित्र हत्या गर्नको लागि आक्षप लगाएको बताएकी छन्् ।
नेपालमा करिव ९० प्रतिशत नागरीकहरु हिन्दु धर्म मान्ने गरेका छन् । उनिहरुको राष्ट्रिय जनावर गाई हो र यहाँका हिन्दु धर्मालम्वीहरु गाईलाई माता सरह मान्ने र पुजा समेत गर्छन् । गाईको मुत्र तथा गोवरले लिपेर स्वस्ती शान्ति गर्छन भने, लक्ष्मी पुजाको दिन गाईको पुजा समेत गर्ने प्रचलन नेपालमा छ । हुन त २०६२÷०६३ को आन्दोलन पश्चात नेपालको धर्म संकृतिमाथि बैदेशीक हस्तक्षेप व्यपाक भयो । उनिहरुबाट नेपालीहरुको धर्म संस्कृतिमा माथि धावा बोल्ने काम भयो नेपालका प्रमुख राजनितिक पार्टिका प्रमुखहरु तिनै विदेशी जो नेपालको धर्म संकृतिलाई तहस नहस पार्न खोजि रहेका थिए । उनिहरुबाटै कठपुतलि बन्न पुगे । करोडौं डलरको प्रलोभनमा तत्कालिन प्रधानमन्त्रि स्व. गिरिजा प्रसाद कोईराला लगायत बाम शक्तिका नेताहरुले समेत उनिहरुकै गोटि बने । अन्ततः नेपाल धर्म निरपेक्ष राष्ट्र बनाउने डिजाईन पत्रमा सहिछाप ठोके । त्यहि बेला देखीनै राष्ट्रिय जनावर गाई माथि पनि धावा बोल्न शुरुष्स् भयो । पहिलो संविधानसभा विघठन हुनुमा एउटा कारण यो पनि थियो । तत्कालिन सत्ताको नेतृत्व गरिरहेको पार्टि नेकपा माओवादी र एमालेका केही नेता गाईलाई राष्ट्रिय जनावर नमान्नेमा उभिए । अन्ततः राष्ट्रिय जनावर, राष्ट्रिय चिन्ह, ब्राह्मण क्षेत्रीलाई आयातित र अन्यको परिभाषा प्रदेश संख्या, जातिय राज्य, धर्मनिरपेक्षता आदि इत्यादिमा गम्भिर असहमतिका बाबजुध पहिलो संविधानसभा विघटन हुनपुग्यो । दोस्रो संविधानसभाले गम्भिर छलफल पश्चात देशलाई आम नागरिकको दबाबको समेत वास्ता नगरी देशलाई धर्म निरपेक्षता कायम गर्दै राष्ट्रिय जनावर गाईलाई मान्यता दियो । नेपालको संविधान २०७२ मा राष्ट्रिय जनावर गाई हुने र राज्यले यसको संरक्षण गर्नु पर्ने प्रष्ट व्यवस्था गरेको पनि छ । राज्यले संरक्षणको सूचिमा राखेको र राज्यको कानुनले प्रष्ट व्यवस्था गरेको बिषयलाई जननिर्वाचित संविधानको अक्षरश पालना गर्नुपर्ने सो गर्नेछु भनि सपथ खाई जिम्मेवारपुर्ण पद प्रदेशसभा ३ को उप–सभामुख जस्तो गरिमामय पदको ख्यालनै नगरी ९० प्रतिशत नेपालीको भावना विपरित निश्चित समुदायको हितको लागि सार्वजनिक स्थलबाट अभिव्यक्ति दिने राधिका तामाङलाई अहिले कारवाई गर्नुृपर्ने आवाज बुलन्द भैरहेको छ । विदेशीको इशारामा देशलाई धर्म निरपेक्ष घोषणा एक पछि अर्को पोल खोल्दैछ । हालसालै मात्रपनि युरोपियन युनियन (इयु) ले नेपालमा भर्खरै मात्र सम्पन्न भएको निर्वाचन र आरक्षणका बारेमा गरेको टिप्पाीले पनि विदेशी हस्ताक्षेप नेपालमा कसरी बढिरहेको छ भन्ने ज्वलन्त प्रमाण हो । नेपालको कानुनले व्यवस्था गरेको बिषयमा ईयुले अषन्तुटि देखाएको छ । उसोत सोहि संविधान घोषणाको बिषयलाई लिएर भारतले लामो समय नाकाबन्दी समेत लगाई सकेको पनि छ । यसरी नेपालको सासन व्यवस्था, धर्म संकृति अनि रितिरिवाज जात, जातीमा विभेद सिजना गरेर एक आपसमा लडाउने नीति अनुरुप नै अहिले राधिका तामाङको अभिव्यक्ति आएको छ । त्यसैले यस विषयमा सम्बन्धित निकायहरु समयमानै सचेत नहुने हो र नेपालको कानुन भन्दा व्यक्तिहावी हुँदै जाने र जातस्जिाति अनि धर्म संकृतिमाथी प्रहार भै रहने हो भने कुनै न कुनै वेला जातिय तथा धार्मिक सद्भाव भड्किएर विकराल रुप नलेला भन्न सकिन्न् । नेपालको हिन्दु धर्मप्रति दिनहुँ हस्ताक्षेप बढ्दैछ । विदेशी विभिन्न संघसंस्थाहरु हिन्दु धर्म परिवर्तन गराउन आर्थिक प्रलोभन देखाएर दिनहुँ खुलेआम हिँडिरेका छन् । तर राज्य मौन छ । नेपाल बहुजाती बहुभाषी र अनेक धर्म संकृतिका बाबजुद पनि एकता भएको राष्ट्र हो । हरेक देशको नागरीकलाई आफ्नो राष्ट्रियता र धर्म संकृति प्राण भन्दा प्यारो हुन्छ । त्यसैले नेपालमा पनि परम्पारा देखीनै सनातन हिन्दु धर्म मानि आएको राष्ट्र हो र यहाँका ९० प्रतिशत नागरीकहरुले हिन्दु धर्म मान्ने कुरामा कसैले बहस गरीराख्नु पर्दैन । यसलाई नेपालको जनगणना २०६८ धर्मको बिषयमा गरिएको सर्वेक्षणले नै प्रष्ट पारेको छ । धर्म संकृतिमा कहिँ कतैबाट आक्रमण हुन नदिन र संरक्षण गर्नु राज्य पक्षको कतव्र्य हो । तसर्थ वर्तमान वलि सरकारले अहिले वहसमा आएका बिषयलाई तत्काल सम्बोधन गरी सम्पुर्ण नेपालीको भावताको सम्मान हुने गरी उचित निर्णय लिनु पर्दछ । जातिय र धार्मिक सहिष्णुता कायम राख्ने विषयमा राज्य पक्षबाट विलम्ब हुनु हुँदैन् ।