पर्वत, १४ चैत– जिल्लाको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।
पौडेलको घरमा उनकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आएकी थिईन् । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताए । उक्त आगो राति अबेर प्रहरी चौकी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरीले आगालागिको कारण खोजी गरिरहेको भएपनि यो समाचार तयार पार्दा सम्म केही नभटीएको हो ।
Previous Articleसबैसँग मैत्री हाम्रो सिद्धान्त हो–ओली
Next Article राधिका तामाङको अभिव्यक्तिले तरंगित राजनिती