बागलुङ, १४ चैत– जिल्लाको जैमिनी नगरपालिकाका दुईवटा वडालाई सोमबार एकसाथ पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । जैमिनीको वडा नं २ र ३ (सविकको दमेक गाविस) लाई सोमबार एक समारोहका बिच पुर्ण खोप युक्त वडा घोषणा गरीएको हो । दुबै वडाका १५ महिना भित्रका ९४ जना बालबालिका र १५ देखी २३ महिना सम्मका ६६ जना बालबालिकाले पुर्ण खोप लिएपछि वडालाई पुर्ण खोप युक्त वडा घोषण गरीएको दमेक स्वास्थ्य चौकिका प्रमुख हेम आचार्य क्षेत्रीले बताए । दमेकलाई पुर्ण खोपयुक्त वडाको रुपमा घोषणा गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज शर्माले खोपयुक्त घोषणाले मात्रै सबै काम पुरा भैनसकेकाले बालबालिकालाई दिनुपर्ने खोपको बारेमा आम सर्वसाधारणमा चेतना फैलाउनु पर्नेमा जोड दिए । समाजमा हुने हरेक खालका गतिविधीमा स्थानिय सरकारले सरोकार राख्ने र सहयोग गर्ने भएकाले चेतनाको विकासको रुपमा यस्ता घोषणा कार्यक्रमलाई लिईनु पर्नेमा पौडेलको जोड थियो ।
आफ्नो समुदाय र व्यक्तिगत स्वास्थ्यको बारेमा सबै चनाखो हुनुपर्ने भन्दै पौडेलले स्वास्थ्य क्षेत्रको विकासको लागि नगरपालिकाले प्राथमीकतामा राखेर काम गर्ने बताए । पुरानो संरचनाअनुसार एउटै गाविस रहेको दमेकमा नयाँ संरचना बनेपछि दुईवटा वडा कायम भएका छन् ।
नगरपालिकाको ३ नम्बर वडा कायम भएको उपल्लो दमेकमा स्वास्थ्य संस्था नभएकाले वडा नं २ मा रहेको स्वास्थ्य चौकीको समन्वयमा एकैसाथ घोषणा कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक दिपक तिवारीले समुदाय स्तरबाट खोप तथा स्वास्थ्य सम्बन्धी अभियानका बिषयमा जागरण आउनु पर्नेमा जोड दिए । नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखेर काम गरिरहेको भन्दै तिवारीले स्थानिय सरकारले समेत यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविकाहरुको तर्फवाट कमला थापा क्षेत्री, वडा सचिव नारायण प्रसाद रिजाल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा, पुर्व गाविस अध्यक्ष लाल बहादुर छन्त्याल, माओवादी नेता कृष्ण भुजेल, कांग्रेस नेता आनन्द अम्माई, जिल्ला जनस्वास्थ्य कार्यालयका नासु तेजप्रसाद न्युरे, स्रोत व्यक्ति बिष्णु प्रसाद सापकोटा लगायतले बोलेका थिए ।सुन्तलाचौरमा बाजागाजा सहित ¥यालि निकालेर नाराबाजी गर्दै वडा खोपयुक्त भएको घोषणा गरीएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्य चौकिका कर्मचारीहरुलाई सम्मान गरीएको थियो । जैमिनी २ का वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षता, वडा नं ३ का वडाअध्यक्ष वेदबहादुर छन्त्यालको स्वागत र कृष्ण सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जैमिनी नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गर्ने कार्यक्रम अन्तरगत सोमबार दमेकलाई पुर्ण खोप युक्त घोषणा गरीएको हो । नगरपालिकाका सबै वडालाई पुर्ण खोपयुक्त घोषण गर्दै नगरलाईनै पुर्ण खोपयुक्त घोषण गरीने नगरपालिकाले जनाएको छ । जैमिनीका ४, ९ र १० नम्बर वडा भने दुई बर्ष पहिलानै पुर्ण खोपयुक्त घोषण गरीएको थियो ।
Previous Articleह्वावे Y9 अप्रिलमा बजारमा आउँदै
Next Article सबैसँग मैत्री हाम्रो सिद्धान्त हो–ओली