काठमाण्डौ, १४ चैत– ह्वावे, विश्वको प्रमुख स्मार्टफोन कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । कम्पनीले ह्वावे Y9 मा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ ःए र २ ःए को डुअल रियर क्यामरा र दुवै लेन्सहरुमा F/2.0को एपेचर रहेको स्मार्ट फोन बजारमा ल्याउन लागेको जनाएको छ । ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे Y9 मा १६ ःए र २ ःए को दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा F/2.0 को एपेचर र टोनिङ् प्mल्यास रहेको स्मार्ट फोन बजारमा ल्याउन लागिएको हो , जसले फोटोलाई अझ राम्रो बनाउँछ र ब्याक लाईटिङहरुलाई पनि मलाउँछ, जसले गर्दा यो फोनलाई साँच्चै नै फोटो एक्सपर्ट बनाउने कम्पनीले दावी गरेको छ । ह्वावे थ्ढ मा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक बुद्धिमानी क्यामरा फिचरहरु छन् । ह्वावे आफ्ना मिड–रेन्जका फोनहरुमा प्रिमयम फिचरहरु प्रदान गर्नको लागि परिचित छ र ह्वावेको यो मोडलमा स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जुन मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको हो, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गरी हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा मद्दत गर्दछ । यो अद्वितीय विषेशता हाल नेपाली बजारमा उपलब्ध मिड–रेन्जका फोनहरुमा साधारणतया उपलब्ध नहुने कम्पनीले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । ल्यखब द्दष् मा जस्तै थ्ढ मा पनि १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले छ, जसले स्प्लीट स्क्रीनको विशेषताको मजा लिनको लागि १२.५% बढी स्थान दिई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्ने बिज्ञप्तीमा उल्लेख छ ।
Previous Articleकरारमा कर्मचारी लिने बाटो खुल्यो
Next Article दमेकका दुबै वडा पुर्ण खोप युक्त घोषणा