बागलुङ , १४ चैत– ऐतिहासिक चैत्राष्टमी मेला २०७४ को अवसरमा आयोजित कालिका कप खुल्ला राष्ट्रिय कम भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपालले जितेको छ । उपाधिका लागि मंगलवार भएको खेलमा छन्त्याल कन्स्ट्रक्सनलाई सोझो सेटमा हराएर हेल्प नेपालले उपाधि चुमेको हो । बिजयी समूहले नगद १ लाख ५० हजार रुपैयँ पुरस्कार र प्रमाणपत्र पायो । त्यस्तै उपबिजेताले १ लाख नगद पुरस्कार पाएको हो ।
प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा कालीगण्डक िरिर्सोटले जितेको छ । उसले ५० हजार रुपैयाँ हात पारेको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । यसै बीच पाँचदिन देखि कालिका मन्दिरमा लागेको चैत्राष्टमी मेला पनि मंगलवार समापन भएको छ ।
Previous Articleकिशोरकिशोरी एकान्त खोज्छन् ? डिप्रेसनमा परे कि ?
Next Article लमसुङमा बिद्यालय भवन निर्माण