काठमाडौँ, १२ चैत- राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) को बैठकमा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको सम्बोधनको मिति टुुंगो लगाएको हो। संविधानमा राष्ट्रपतिले संघीय संसदको बैठकलाई सम्बोधन गर्न सक्ने प्रावधान छ। नयाँ संसद बनेपछि पहिलो राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।