काठमाडौँ, १२ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सल्लाहकार नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरेको हो । मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी नियुक्त गरिएको हो । एमाले नेता मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
यसैबीच, सोमबारकै बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको छ । अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्षलाई विशेष राहदानी पाउनेछन् । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउने र गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले रक्षाको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै बैठकले चुनावको समयमा भएका बम विस्फोटका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि भएको छ । स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत दिइनेछ ।
प्रधामन्त्रीले नियुक्त गरे दुई सल्लाहकार, जिसस संयोजकलाई रातो पासपोर्ट
Previous Articleचैत २८ गतेबाट खारेज हुने सरकारी कार्यालयहरु (सूचीसहित)
Next Article राष्ट्रपतिले चैत १५ गते संघीय संसदमा सम्बोधन गर्ने