बागलुङका प्रसिद्ध तीर्थ स्थलहरुमा यति बेला चैत्राष्टमी पर्वका कारण भक्तालुहरुको भीड लागेको छ । चैत्राष्टमी सकिएको भएपनि हिन्दु परम्परा अनुसार १५ दिन अर्थात् प्रतिपदादेखी पुर्णिमासम्म शुक्ल पक्षका सबै दिन भक्तालुले शक्तिपिठमा पुजाआरधाना गरिरहेका छन् । जिल्लाको सदरमुकाम बागलुङमा रहेको कालिका भगवती र बलेवामा रहेको काल भैरव मन्दिरमा मात्रै हैन अन्य देवीदुर्गाका मन्दिरहरुमा हजारौंको संख्यामा भक्तालुहरु पुजाआरधानाका लागि पुग्ने गरेका छन् । प्रतिपदादेखि कालिका भगवती मन्दिरमा लागेको भीड कम भएको छैनभने अन्य शक्तिपीठहरुमा पनि भीड छ । अन्य समयमा निश्चित बारहरुमा मात्रै दर्शनार्थीहरुको सामान्य भीड रहने भएपनि यो समयमा अनियन्त्रित रुपमा भीड हुने गरेको छ । शक्तिपिठहरुमा लागेको भक्तालुहरुको भिडका कारण एकातर्फ जिल्लाको पर्यटनको विकासमा टेवा पुगेको छभने अर्कोतर्फ आर्थिक कारोवार पनि त्यहाँ हुने गरेको छ ।
शक्तिपिठहरुमा चडेको भेटि भक्तालुहरुले नखोज्ने र स्थानिय सरोकारवालाहरुले समेत बेवास्ता गर्ने भएकाले के कति भेटिको कारोवार भयो भन्ने कुरा मन्दिरका व्यवस्थापन पक्षहरुले सार्वजनिक नगरेसम्म जानकारीमा आउँदैन तर पछिल्लो समय बागलुङ कालिका भगवती गुठीले दैनिक मासिक र बिषेश अवसरका बेला खर्चको पाटो उल्लेख नगरे पनि उठेको भेटीको बिषयमा भने जानकारी गराउने गरेको छ । कालिकाले जस्तै भरव, पञ्चकोट लगायतका जिल्लाका महत्वपुर्ण तिर्थस्थल अर्थात शक्ति पिठहरुको आम्दानी खर्च सार्वजनिक हुनु जरुरी छ । समयमा आम्दानी र खर्च सार्वजनिक हुन नसक्दा पवित्र उद्देश्य राखेर अझ भनौ निस्चित फल प्राप्तीका लागि भक्तालुहरुले चडाएको भेटीमा कहिँकतै भष्ट्र मानसिकता र अनियमितताको समेत आशय मौलाएको पाईन्छ । मन्दिर तथा शक्ति पिठहरु यहाँका नागरिकका आशाका केन्दहरु हुन् । यस्ता स्थानहरुको आर्थिक पारदर्शिता अनिवार्य जस्तै हुन्छ । त्यती मात्रै हैन यस्ता शक्ति पिठहरुमा आर्थिक पारदर्शिता हुँदा भक्तालुहरुको आस्था अझै बढेर जाने र धार्मिक पर्यटनको विकासमा टेवा पुग्नेमा कसैको दुई मत नहोला । शक्तिपिठहरुको आर्थिक पारदर्शिताको कुरा एकातर्फ छभने अर्कोतर्फ शक्ति पिठहरुमा उठेको भेटिको सहि सदुपयोगको पाटो अर्को हो । पछिल्लो समय बागलु कालिकाले गुठीले ठेकेदारी प्रथाको अन्त्य गदै आँफैले भेटीको व्यवस्थापन गर्दै आएको भएपनि अझै पनि अन्य शक्तिपिठहरुको भेटी व्यवस्थापनको लागि ठेकेदारहरुलाई जिम्मा दिईने गरेको छ ।
यसले मन्दिर तथा शक्ति पिठहरुमा उठेको भेटीको सदुपयोगमा बाधा सिर्जना गरी रहेको छ । ठेकेदारी प्रथाको अन्त्य गर्दै मन्दिरमा भक्तालुहरुले चडाएको भेटी पारदर्शि मात्रै हैन त्यसको सहि सदुपयोग गर्दै धार्मिक पर्यटकीय स्थानहरुका बिकासमा लाग्नु सारोकारवाला र स्वयम मन्दिर व्यवस्थापन तथा आम सर्वसाधारणको जिम्मेबारीको बिषय हो । हामो ठाउँको विकास गर्ने हामी आँफैले हो त्यसैले आफना ठाउँमा रहेका शक्ति पिठहरुमा उठेको भेटी तथा त्यसको प्रयोगको बिषयमा तल्लो तहबाट चासो सिर्जना गरौ । सरोकारवालहरुलाई समेत जिम्मेबार भएर आमनागरिकको हितमा हुने गरी खर्च गर्नमा पेरित गर्दै धार्मिक तथा आर्थिक पर्यटनको विकासमा लागौं ।
Previous Articleहोडबाजी होइन व्यवस्थापनमा जुटौ
Next Article २०७४ चैत १२ गते सोमबारको राशिफल