नेपालले खेलकुदको क्षेत्रमा एकपछि अर्को गर्दै सफलताहरु हात पार्दै आएको छ । बिषेश गरेर क्रिकेटको क्षेत्रमा नेपालले गरेको प्रगतिको बिषयलाई लिएर सर्वसाधारण तहमा मुक्त कण्ठले प्रशंसा हुने गरेको छ । केही दिन अगाडि मात्रै नेपालको क्रिकेट टोलीले प्राप्त गरेको एक दिवसिय अन्तराष्ट्रिय खेल खेल्न पाउने सफलताले नेपालको खेलकुदको पछिल्लो प्रगतीको संकेत गरेको छ । खेलकुदमा आएको परिवर्तन र राष्ट्रिय तथा अन्तराष्ट्रिय सफलताले राष्ट्रिय स्तरमा मात्रै हैन खेलकुदको क्षेत्रमा स्थानिय स्तरमा समेत खेलकुदमा लगानी बढ्न थालेको छ । बागलुङमा केही समय अगाडि भएको प्रथम मेयरकप फुटवल प्रतियोगितामा दुई लाखभन्दा बढीको पुरस्कार राशी राखेर खेल भयो । त्यसको लगत्तै जिल्लाकै बिहुँमा कराँते प्रतियोगिता भयो त्यहाँ पनि बिजयीलाई ठुलै राशीको पुरस्कारको व्यवस्था गरिएको थियो । अहिले बाङ्गेचौर खेल मैदानमा चलिरहेको क्रिकेट प्रतियोगितामा १ लाखभन्दा माथिको पुरस्कार राशी छभने चैत्राष्टमी कप भलिबल प्रतियोगिमा १ लाख ५० हजार भन्दा धेरैको पुरस्कार राशी राखिएको छ ।
त्यो मात्रै हैन बिद्यार्थीहरुको साझा संगठन स्वतन्त्र बिद्यार्थी युनियनले आफ्नो बर्षगाँठ मनाउँदा समेत ठुलै पुरस्कार राशीको खेल खेलायो । जिल्लाको सदरमुकामदेखी गाउँ–गाउँका सरकारी तथा संस्थागत बिद्यालयहरुले आफ्नो बार्षिक कार्यक्रममा खेलकुदमा ठुलो लगानी गर्ने गरेका छन् । यसले के देखाएको छभने पछिल्लो समय नेपाल सरकारदेखी संघ संस्था र सामुदायिक विकासका क्षेत्रमा काम गर्ने संस्थाहरुको समेत खेलकुदप्रति चासो बढ्दै गएको छ । स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारा बनाएर हुने गरेका प्रतियोगिताहरुले साँच्चै स्वास्थय र राज्यका लागि मात्रै हैन असल समाज निर्माणका लागि समेत महत्वपुर्ण भुमिका खेलीरहेका छन् । खेलकुदको क्षेत्रमा भैरहेको लगानीले एकातर्फ उर्जाशिल युवाहरुलाई खेलकुदको माध्यमबाट देशमा नै रहन सक्ने वातावरण बनाएको छभने धेरथोर आयआर्जनको बाटो समेत उनीहरुलाई भैरहेको छ । खेलकुद नियम र निश्चित परिधी भित्र रहने क्षेत्र हो यस कारण समाजमा खेलकुदमा लाग्ने युवाहरुको अनुशासनका कारण सकारात्मक प्रभाव जान्छ ।
पछिल्लो समय भएका केही क्रियाकलापहरुले खेलप्रतिको लगाब बढाएको संकेत त प्राप्त भएको छ तर राज्यले अझैपनि प्रयाप्त मात्रामा यस क्षेत्रमा लगानी गर्न सकेको छैन् । राज्यका सबै तह केन्द्रदेखी स्थानिय तहसम्म अब बन्ने योजनाहरुमा खेलकुदलाई पनि महत्वपुर्ण स्थान दिएर लगानी गर्न सक्ने होभने पछिल्लो समय नेपालको खेलकुदले गरेको प्रगतिले नेपालललाई अन्तराष्ट्रिय जगतमा परिचय दिन निकै राम्रो भुमिका खेल्ने छ । अहिले पनि हाम्रो राजधानीदेखी गाउँका दुरदराजसम्म खेल खेल्नका लागि मैदान, कर्वडहलहरु छैनन् । बारिका पाटाहरुमा अभ्यास गरेर खेलकुदमा लाग्नुपर्ने बाध्यात्मक अवस्था खेलाडिका सामु छ । अर्को कुरा खेल सामाग्रीको समेत अभाव छभने देशका लागि खेल्ने खेलाडिहरुको पारिश्रमिक नगन्य अवस्थामा छ । यस्ता सबैखाले समस्याको समाधान खोज्दै पछिल्लो समय खेलकुदमा भएको विकासलाई संस्थागत गर्दै आगामी दिनमा अझै ठुलो उपलव्धी हात लाग्ने गरी नेपालको खे लजगतलाई विकास गर्न सबै पक्ष लाग्न जरुरी छ ।