बागलुङ, ८ चैत–बेबारिसे अवस्थामा भेटिएका एक अपांग युवकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार उद्धार गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा दिउँसो बेबारीसे अवस्थामा भेटीएका काठमाण्डौका १८ बर्षिय कृष्ण राईको उद्धार गरेको हो । उद्दार गरिएका राईलाई ट्राफिक प्रहरीको सहयोगमा बुधबारै बेलुका काठमाण्डौ पठाईएको छ ।
मंगलवार राती आफ्नी सौतेनी आमा अनिता चौधरीसँग बागलुङ बजार आएका राईलाई आमाले अलपत्र अवस्थामा छोडेर हिँडेपछि बेबारीसे बनेका थिए । दाहिने खुट्टा भाँचिएर फलाको रड राखिएकोले उपचार गरी रड निकाल्ने भन्दै अस्पताल लैजाने बहानामा बस चढाएर बागलुङ ल्याएकी थिइन् । सौतेनीे आमाले बस चडाएर पूर्व जाने भन्दै लगेर यहाँ ल्याईदिएको उनले गुनासो गरेका थिए । मंगलबार राती बागलुङ बसपार्कमा आएका राईलाई आमाले शौचालय गएर आउँछु भन्दै बसपार्कमै छोडेर बेपत्ता भएको उनले बताए । एक हात नचल्ने अवस्थामा रहेका उनको दाहिने खुट्टा भाँचिएर रड राखिएको छ ।
दिर्घरोग समेत रहेको उनले बताएका छन् । बुधबार रामरेखाको यात्रु प्रतिक्षालयमा भेटीएका राईलाई सोधपुछ गरी स्थानीयले सञ्चारमाध्यामलाई खवर गरेका थिए । सञ्चार माध्यामको पहलमा प्रहरीले उनलाई रामरेखाबाट उद्दार गरी काठमाण्डौ पठाएको हो । शारिरीक रुपमा केही समस्या रहेको भएपनि मानशिक रुपमा स्वस्थ्य रहेका उनले काठमाण्डौ सम्म जाने व्यवस्था भए घर आँफै जानसक्ने बताएका थिए । उक्त जानकारीपछि गाडीको प्रबन्ध गरेर काठमाण्डौ पठाईएको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए ।
‘बागलुङमा पहिलो पटक आएकाले केही मेसो नपाएर भौतारीएको रहेछ’ प्रनाउ थापाले भने ‘ट्राफिक प्रहरीको सहयोगमा हामीले काठमाण्डौ पठाईदियौं ।’ मंगलवार बेलुकादेखि सडकम भौतारिँदै आएका राईलाई प्रहरीले उद्दार पछि कार्यलयमा राखेर साँझ काठमाण्डौ पठाएको हो । राईले आफ्नी सौताने आमाको नाम अनिता चौधरी र बाबुको नाम गोपाल राई भएको बताएका छन् ।
Previous Articleडढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया
Next Article सांसद रेशम चौधरीलाई उन्मुक्ति नदिन माग