बागलुङ, ८ चैत– डिभिजन सहकारी कार्यालय बागलुङले स्थानीय तहलाई सहकारी संघ संस्था हस्तान्तरण गर्न सुरु गरेको छ । संघीयताको कार्यान्वयनपछि बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाको दर्ता, खारेजी, नियमन, संरक्षण, प्रर्वद्धनको अधिकार पनि स्थानीय सरकारसंग रहेकाले सोही ऐन कार्यान्यवयनको लागि सहकारीका अभिलेख हस्तान्तरण गर्न सुरु गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बताए । डिभिजन सहकारी कार्यालय बागलुङको मातहतमा रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १ हजार ६९ वटा सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण प्रक्रिया शुरु गरिएको डिभिजन प्रमुख शर्माले बताए । सहकारी बिभागका उपसचिव आनन्द सारुले बुधबार पहिलोपटक म्याग्दीको रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्थालाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी मार्फत रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईलाई हस्तान्तरण गरेका छन् ।
स्थानीय तहलाई सहकारी संघ संस्था बुझाउँने अभियानको जानकारी स्वरुप पहिलो पटक म्याग्दीमा कार्यक्रम गरिएको जानकारी गराउदै सहकारी अधिृकत शर्माले भने– ‘म्याग्दीका अन्य स्थानीय तहलाई डिभिजन सहकारी कार्यालयमै बोलाएर हस्तानतरण गर्दैछौ ।’ शर्माले छिट्टै बागलुङका ४ सय ३६, म्याग्दीमा बाँकी रहेका १ सय ९४, मुस्ताङका ३८ र पर्वतका ३ सय ३९ वटा सहकारीको अभिलेख हस्तान्तरण पक्रिया अगाडी बढाइने बताए ।
ऐन अनुसार एक स्थानीय तहभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई प्रदेशमा हस्तानतरण गरिने छ । धौलागिरिका २८ स्थानीय तह अन्तरगत रहने सहकारी सहकारीको संख्या ७ सय ४४ र प्रदेशमा अभिलेख पठाउनु पर्ने सहकारी २ सय ९५ छन् ।
सिगानामा सिर्जनशिल सामुदायिक भवनको उद्घाटन
व्यवस्थापिका संसदका सदस्य मनकुमारी जिसीले राजनीतिक क्रान्तिले सफलता प्राप्त गरिसकेकोले अबको सम्पूर्ण ध्यान समृद्ध समाज निर्माणमा लगाउनु पर्नेमा जोड दिएकी छिन् । जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको संविधानले सबै क्षेत्रका जनताका हक अधिकारलाई संस्थागत गरेकोले संविधान कार्यान्वयनसंगै समृद्धि र सुशासनको यात्रा अगाडि बढ्ने जिसीले बताइन् । बागलुङ नगरपालिका वडा नं. ८ सिगाना सायकोटमा गठित सिर्जनशिल आमा समुहले निर्माण गरेको सिर्जनशिल सामुदायिक भवनको बुधबार उद्घाटनपछि बोल्दै सांसद जिसीले यस्तो बताएकी हुनन् ।
कार्यक्रममा बानपा–८ का वडा अध्यक्ष जीतबहादुर जिसी राजनले महिलाहरुले भौतिक पूर्वाधार निर्माणसंगै क्षमता अभिवृद्धि र समाज विकासको अभियानमा योगदान गर्नु पर्नेमा जोड दिउ । उनले वडा कार्यालयले मदिरा नियन्त्रण गरी सभ्य समाज निर्माणको अभियान सञ्चालन गरेकोले त्यसलाई सफल पार्न सबै आमा समुहहरुको सक्रिय सहभागिताका लागि आव्हान गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य अञ्जु जिसी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अम्मरबहादुर कार्की, नेकपा एमाले सिगानाका कार्यवाहक अध्यक्ष लालबहादुर थापा, नेपाली कांग्रेसका सभापति छमबहादुर कार्की, नेकपा माओवादी केन्द्रका मनबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, वडा सदस्य पदमकुमारी जिसी, महिला सञ्जाल सिगानाका अध्यक्ष चित्रकला खड्का, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष शिव खड्का, कृषि समिति सिगानाका अध्यक्ष रेशम थापा, भवन निर्माण समितिका सल्लाहकार गोविन्दप्रसाद गौतम, सिर्जनशिल महिला समुहका संस्थापक अध्यक्ष योगमाया गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष डिलकुमारी कार्कीको अध्यक्षता, सदस्य गीता कार्कीको स्वागत र सल्लाहकार भद्रबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । विभिन्न कार्यालय र संघ संस्थाको आर्थिक सहयोग सहित स्थानीय जनश्रमदान गरी ७ लाखको लागतमा सम्पन्न भवनमा महिला समुहका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न सहज हुने समितिले जनाएको छ ।
भवन निर्माणका लागि जिल्ला विकास समिति बागलुङबाट १ लाख, पूर्व सांसद तथा राज्यमन्त्री चम्पादेवी खड्काको समन्वयमा सांसद विकास कोषबाट ९० हजार, महिला सञ्जाल सिगानाबाट ३५ हजार, बुछुङ सल्लेरी सामुदायिक वन समुहबट २५ हजार, जुकेपानी सामुदायिक वन समुहबाट १५ हजार रुपैया प्राप्त भएको र बाँकी रकम आमा समुहका पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त भएको जनाइएको छ ।
Previous Article२०७४ चैत ८ गतेबिहिबारको राशिफल
Next Article डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया