चैतको पहिलो साता सुरु भएसँगै गर्मी ह्वात्तै बढेको छ । सामान्य बर्षा भएपछि एकाएक बढेको गर्मीका कारण मानव स्वास्थ्यमा सामान्य समास्या देखा परेका छन्भने वातावण पनि परिवर्तित भएको छ । गर्मीको समयमा पानी कम पर्ने र जमिन तथा जंगल सुख्खा हुने भएकाले यो समयले डढेलोको जोखिम निकै बढि हुने समय हो । मानव जीवनका हरेक क्रियाकलापमा प्रयोग हुने आगोका कारण गर्मी याममा बन डढेलो तथा मानविय बस्तीमा समेत आगलागीको त्रास बढि हुने गरेको छ । विशेष गरेर चैत बैशाखको समयमा आगलागी तथा बन डढेलोका घटना हुने गरेको बिगतका तथ्याङ्कले देखाएका छन् । पछिल्लो समय सहर बजारको तुलनामा गाउँ बस्तीहरु आगलागीको उच्च जोखिममा रहेका छन् । सक्रिय जनशक्तिको अभावमा बस्ती नजिकैका जंगलमा कुहिएर रहेका काठ तथा पात पतिंगर र सुकेका घाँसको प्रयोग हुन नसक्दा आगलागीको जोखिम बढेर गएको हो ।
जिल्ला बन कार्यालयका अनुसार, बर्षौंदेखि प्रयोग नभएर कुहिएर रहेका पात पतिंगर तथा काठका कारण जंगल क्षेत्रमा डढेलोको जोखिम बढेर गएको छभने घर बस्ती नजिकै रहेका रुखका पात तथा सुकेका घाँसको व्यवस्थापन गर्न नसक्दा जंगलदेखि बस्तीसम्म आगो फैलिन सक्ने जोखिम पनि उत्तिकै छ । आगलागी दुई कारणबाट हुने गरेका छन् । एउटा कारण प्राकृतिक होभने अर्को मानव सिर्जित । अत्याधिक गर्मीका कारण कहिलेकाहीँ घना बन क्षेत्रमा अतिप्रज्वलनशिल पदार्थ आँफै आगोमा परिणत भएर आगो लागेका केही घटना छन्भने धेरै जसो घटना मानविय त्रुटीका कारण हुने गरेका छन् । हामीले दैनिक जीवनमा प्रयोग गर्ने आगोलाई व्यवस्थापन गर्न नसक्दा ठुलो क्षति हुनेगरी आगलागीका घटना हुने गरेका छन् । सामान्य चुरोटका ठुटा जथाभावी फालिनु, केटाकेटीले भेट्ने ठाउँमा लाईटर, सलाई जस्ता आगोजन्य पदार्थ राखिनु र घर वा खेतबारीमा प्रयोग गरिएको आगो उपभोगपछि ननिभाईकन छोड्नाले आगलागीका घटना भएका छन् ।
देख्दा सानो देखिने गल्तीका कारण मानव जीवनले व्यहोर्नु परेको ठुलो क्षतिका बारेमा हामीले हेक्का नराख्दा समय–समयमा ठुलै घटना पनि हुने गरेका छन् । गर्मी याममा हुने आगलागी तथा वन डढेलोको नियन्त्रणका लागि कुनै सरोकारवालाको मुख ताक्नुभन्दा आगलागी हुनु पुर्व त्यसबाट बच्नको लागि आवश्यक पर्ने पुर्व तयारीका विषयमा जानकार हुनु उत्तम उपाय हो । बस्तीमा लागेको आगोले मानविय तथा आर्थिक क्षति गर्दछ भने वनमा लागेको डढेलोले वातावरणीय तथा आर्थिक क्षति गरेको हुन्छ । आगलागी हाम्रो वन र बस्तीको सत्रुु हो । आगलागीबाट बच्नका लागि आफ्नो टोल, समुदाय, समुह तथा बिद्यालयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै पुर्व सावधानीका उपायहरु अवलम्बन गरौं । सरोकारवालाको सहयोगमा हुने चेतनामुलक कार्यक्रमहरुमा सहभागी बनी यसबाट बच्ने उपायको बारेमा जानकारी लिने र प्रयोगमा ल्याउने बानीको विकास गरौं । आगलागी मानव जीवनको निकै ठुलो बिपत्ति हो । यसलाई नियन्त्रण गर्न समुदाय स्तरबाट सबै नागरिक सचेत बन्न जरुरी छ ।
Previous Articleबैशकी ‘उर्वशी’ गाला चाउरी परेपछि बोक्सी ?
Next Article २०७४ चैत ८ गतेबिहिबारको राशिफल