बागलुङ, ८ चैत– नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको ८ औं स्मृति दिवश बागलुङमा मनाईएको छ । २०६२÷०६३ सालको जनआन्दोलनको नेतृत्वकर्ता तथा शान्ति प्रकृयाको अगुवाई गरेकोले कोइराला नेपाली राजनीतिक ईतिहासमा उच्च सम्मानीत स्थानमा छन् । सशष्त्र विद्रोहमा लागेको माओवादीलाई शान्ति प्रकृयामा ल्याएर राजनीतिको मुलधारमा भित्राएको भन्दै कांग्रेस लगायत अन्य दलले पनि कोईरालाको सम्मान गर्छन् । कांग्रेस बागलुङ, नेपाल ट्रेडयुनियन अन्तरगत व्यापार तथा सम्बन्ध श्रमीक संघ, र ट्रेडयुनियन सँग सम्बद्ध राख्ने अन्य पेशागत संस्थाले कोईरालाको स्मृति दिवश मनाएका हुन् ।
Previous Articleएसईई परीक्षा आजबाट सुरू, ४ लाख ८५ हजार सहभागी
Next Article स्याङजा, बिसीसी र डिसिसी विजयी