बागलुङ, ७ चैत– चैत्राष्टमीको अवसर पारेर आयोजना गरिएको ऐतिहासिक चैत्राष्टमी मेला २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र ९ देखी १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा आयोजना ह्ुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कालिका भगवती गुठी ब्यबस्थापन समितीले जनाएको । मेलाका लागि आवश्यक पर्ने स्टल तथा मञ्च निर्माण, प्रचार–प्रसार, कालिका मन्दिर परिसरमा रंगरोगन लगायतका काम अन्तिम चरणमा पुगेको गुठीका अध्यक्ष राजु खड्काले बताए ।
पिकनिक स्पर्ट तथा बाङगेचौर खेल मैदानमा मञ्च र स्टलको काम भैरहेको र ८० प्रतिशत काम सकिएको खड्काले जानकारी दिए । मेलाको अवसरमा लोकदोहोरी गीत, खुल्ला कालिका कप पुरुष भलिबल, खुल्ला टि–ट्वान्टी क्रिकेट, खुल्ला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । मेलामा रथयात्रा तथा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बालउद्यानको समेत रहेको खड्काले जानकारी दिए । बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजकले जनाएको छ ।
जिल्लाका बिभिन्न सथानिय तहको सहयोगमा आयोजना हुने मेलामा २६ लाख आम्दानी र सोही अनुपातमा खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पश्चिम नेपालको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित बागलुङ कालिकाको दर्शन गर्न आउने भक्तालुको चहलपहल बढेकाले मेलाको तयारीमा थप दबाव सिर्जना भएको अध्यक्ष खड्काले बताए । चैतको ९ गतेदेखी मेला सुरु हुने भएपनि औपचारिक उद्घाटन भने चैतको ११ गते चैत्राष्टमीको दिन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने मेलामा बागलुङका स्थानिय झाँकी, कला संस्कृतिका अलवा स्थानिय उत्पादनको समेत बजारीकरण हुने आयोजकले जनाएको छ । ‘डोको, डालो नाङ्लोदेखी ठेकी र फलामका भाँडा सम्मको कारोबार मेलामा हुन्छ’ अध्यक्ष खड्काले भने ‘चैत्राष्टमीमा सबैभन्दा धेरै स्थानिय उत्पादनको कारोवार हुन्छ ।’ मेलालाई लक्षित गरेर कालिका परिसरमा निर्माण भएका पोखरीहरुमा पानीको फोहोरा जडान गर्ने कामले समेत तिब्रता पाएको छ । कालिका मन्दिर विकासको योजनाअन्र्तगत निर्माण भएका पोखरीमा मेला सुरु हुनुभन्दा अघि फोहोरा जडान गरी भक्तालुलाई आर्कषण गर्न लागिएको अध्यक्ष खड्काले बताए । मेलामा राष्ट्रिय स्तरका कलाकारहरु माण्डवी त्रिपाठी, शिव परियार, प्रिती आले, बसन्त थापा, बिष्णु खत्री, प्रकाश सपुत, थानेश्वर गौतम लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । हास्य कलाकार र अन्य थप कलाकारको बिषयमा कुराकानी भैरहेको र मेला सुरु हुनुभन्दा पहिले पक्कापक्कि गरिने मुल आयोजक समितीका सचिव कुमार खड्काले बताए ।
बागलुङबाट राष्ट्रिय स्तरमा छवि बनाएका कलाकारलाई प्राथमिकतामा राखेर मेलामा सहभागी गराउन लागिएको खड्काले जानकारी दिए । यसैबीच, चैत्राष्टमी पर्व नजिकिँदै गर्दा कालिका भगवती मन्दिरमा आउने भक्तालुको चाप बढ्दै गएको छ । नवदुर्गा सुरु भएयता दैनिक हजारौं भक्तालुहरुले कालिकाको दर्शन गरेको गुठी व्यवस्थापन समितिले जनाएको छ । नवदुर्गाको पहिलो दिन झण्डै एकलाख, दोस्रो दिन ६४ हजार र तेस्रो दिन २ लाख बढि भेटी संकलन भएको कालिका भगवति गुठि सचिवालय कालिका कुञ्जले जनाएको छ ।