ताइवान र हङकङमा आँखा नलगाए हुन्छ
एजेन्सी, ६ चैत – चीनका राष्ट्रपति सी जिनपिङ्गले मंगलवार १३ औँ नेशनल पिपल्स कांग्रेसलाई सम्बोधन गरेका छन् । यस सम्बोधनका क्रममा सी जिनपिङ्गले धेरै आक्रमक भाषण गरेका छन् । उनले भाषणका क्रममा चीन विश्वमा आफ्नो स्थान पाउने कुरामा पूर्णरुपमा ढुक्क रहेको बताए । सी जिनपिङ्गले भने, ‘चीनको कायाकल्प नै चिनियाँको सबैभन्दा ठुलो सपना हो ।’ सीले अगाडि भने, ‘हामी आफ्ना दुश्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार छौँ । हामीले पूरै मजबुतीका विश्वमा आफ्नो स्थान बनाउन पनि दृढ संकल्प गरेका छौँ ।’
ताइवानलाई चेतावनी
टेलीभिजनमा प्रसारित भाषणमा सी ले चीनको गौरवशाली इतिहासको पनि वर्णन गरे । उनले ऐतिहासिक उपलब्धिको पनि चर्चा गरे । सी ले भने, विश्वलाई पत्रिका, कफ्युसियसवाद र चिनियाँ पर्खाल जस्ता चिज दिएका छौँ । चीनले बाहिरी आक्रमणको विगतमा बलियोसँग सामना गरेको इतिहास भुल्नु हुँदैन ।’ सी ले आफ्नो भाषणमा ताइवान र हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई पनि कडा चेतावनी दिए । ‘चीनबाट एक इन्च पनि जमिन कसैले खोस्न सक्दैन’, सीले भने । सी ले यसो भनेपछि प्रतिनिधिहरुको गडडाहट तालीले हल गुन्जिएको थियो ।
सन् १९४९ मा चीनमा गृहयुद्ध सकिएपछि ताइवानमा स्वतन्त्र सरकार छ । यस क्रममा ताइवानमा हारेपछि राष्ट्रवादी सरकारले त्यहाँबाट भाग्नुपरेको थियो । चीनले अहिले पनि ताइवानलाई आफ्नो भूभाग नै मान्छ । चीनले आवश्यक परेको अवस्थामा ताइवानलाई आफ्नो नियन्त्रणमा लिन सक्ने बताउँदै आएको छ ।
सीले भने ‘हामीले आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामाथि नियन्त्रण लिइरहनु जरुरी छ । हामीले हरहालतमा मातृभूमिको एकता सुनिश्चित गर्नु पहिलो शर्त हो ।’ ताइवान र हङकङलाई लिएर चीनको यो सबैभन्दा आक्रामक अभिव्यक्ति हो । सीले इतिहासले पनि चीन समाजवादमार्फत आफ्नो लक्ष्यमा पुग्ने कुरा पुष्टि भइसकेको बताए । सीले चीनका असली हिरो यहाँका मानिसको हितमा काम गर्न सबै राजनेतालले कडा मेहनत गर्नुपर्नेमा जोड दिए । उनले सबैको प्रयासमा अझै पनि देशलाई बलियो बनाउनुपर्नेमा राष्ट्रपतिले जोड दिए ।
हालै मात्र अमेरिकाले एक कानुन पास गरेको थियो । जसमा अमेरिकाले ताइवानमा अझै वरिष्ठ अधिकारीलाई पठाउने कुरामा प्राथमिकता दिने उल्लेख गरिएको छ । तर अमेरिका र ताइवानबीच कुनै पनि औपचारिक सम्बन्ध भने छैन । चिनयाँ राष्ट्रपतिको यो कडा अभिव्यक्तिलाई अमेरिकाको उक्त निर्णको जवाफको रुपमा हेरिएको छ। ताइवानलाई स्वतन्त्र देशको दर्जा दिने कोशिशमा चीनले कडा विरोध गर्दै आएको छ ।माओपछिका शक्तिशाली
सी जिनपिङ्गलाई माओत्से तु्ङ्गपछि सबैभन्दा शक्तिशाली नेता मानिएको छ। माओत्से तुङ्गपछि त्यहाँकव संविधानमा ‘सी जिनपिङ्ग सिद्धान्त’ पनि सामेल गरिएको छ । चीनमा राष्ट्रपति बन्नका लागि कार्यकालको सीमा पनि अन्त्य गरिएको छ । सी जिनपिङ्गलाई आजीवन राष्ट्रपति बन्ने बाटो खोल्नका लागि यो कदम चालिएको हो । तर चीन बाहिर भने सीलाई तानाशाही बनाउन खोजेको भन्दै यस कदमको विरोध पनि भइरहेको छ ।
Previous Articleउपहार लिन र मध्यपान गर्न नपाउने कडा आचारसंहिता
Next Article निर्वाचन आयोग पारदर्शी भएन – इयू