बागलुङ, ६ चैत– बाङ्गेचौर खेल मैदानमा आईतबारदेखि सुरु भएको पाँचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार बागलुङ नगरपालिका–५, मालिका र नेपाल विद्यार्थी संघ बागलुङ दोस्रो चरण प्रबेश गरेका छन् । पहिलो खेलमा बानपा–५ मालिकाले बलेवा क्रिकेट क्लबलाई ८ विकेटले पराजित ग¥योभने दोस्रो खेलमा नेविसंघ बागलुङले कुश्मा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो व्याटिङ रोजेको बलेवाले १४ ओभर १ बलमा ७९ रन जोड्दै अलआउट भएको थियो । आफ्ना दुवै ओपनर व्याट्सम्यानहरुलाई खाता नखोली गुमाएको बलेवाको लागि मनिष बोहोराले ३१ बलमा ३० रन र सुर्य खड्काले २१ बलमा १६ रन जोडेका थिए । बलेवाको लागि अरु खेलाडीहरुले दोहोरो अंकसम्म छुन सकेनन् ।
बलिङ तर्फ मालिकाका अशोक कार्की र अखिलेश खड्काले समान ३–३ विकेट लिएका थिए । कार्कीले ४ ओभरमा १३ रन खर्चदै ३ विकेट लिएका थिएभने खड्काले ४ ओभरमा २२ रन खर्चदै ३ विकेट लिएका थिए । यस्तै मालिकाको लागि अनिल आचार्य र दिल बहादुर केसीले २–२ विकेट लिएका थिए । ८० रनको सामान्य लक्ष्य पाएपछि जवाफि व्याटिङ्ग गरेको मालिकाले सन्तोष घिमिरेको अर्धशतकको मद्धतले ७.१ ओभरमा २ विकेट गुमाउँदै जित पक्का गरेको थियो । ओपनर अखिलेश खड्कालाई १ रनमा रनआउट र सुनिल जिसीलाई खाता नखोली गुमाएपछि खराव सुरुवात गरेता पनि मालिकाको जितको लागि सन्तोष घिमिरेले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेपछि नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको थियो । म्यानअफदी म्याच घोषित भएका घिमिरेले २८ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५५ रन बनाए । यस्तै मालिकाको लागि अनुप बानियाँले १६ बलमा ३ छक्का र १ चौकाको मद्धतले २४ रन बनाएका थिए । बलिङ तर्फ बलेवाका विनोद कुँवरले ३ ओभरमा १२ रन खर्चदै १ विकेट हात पारेका थिए ।
यस्तै सोमबार भएको दोस्रो खेलमा नेविसंघले कुश्माले दिएको १ सय १४ रनको लक्ष्य १२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै विजयी भएको थियो । नेविसंघको जितको लागि म्यानअफदि म्याच घोषित भएका संजय कुँवरले ८ बलमा ३ छक्का र १ चौकाको मद्धतले २३ रन, रविन जोसीले नटआउट १५ बलमा २८ रन, दिपेश खत्रीले १२ बलमा १४ रन, दिपक कुँवरले १० बलमा १२ रन र आरिव अहमदले ९ बलमा १२ रन बनाएका थिए । बलिङ तर्फ विनोट नेपालीले २ विकेट लिएका थिएभने रविन्द्र विके, विनोद नेपाली र नविनले समान १–१ विकेट लिएका थिए । टस जितेर पहिले व्याटिङ गरेको कुश्माले १८ ओभर १ बलमा १ सय १३ रन बनाउँदै अलआउट भएको थियो । कुश्माको लागि अमृत लामिछानेले ३६ बलमा ५३ रन बनाएका थिएभने, विसाल पुनले १६ बलमा १४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ नेविसंघका गणेश केसी र संजय कुँवरले समान ३–३ विकेट र दिपेश खत्री र प्रविन बाबरले समान २–२ विकेट लिएका थिए । प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो खेल राईजिङ क्रिकेट क्लब पोखरा (ए) विरुद्ध धौलागिरी क्रिकेट क्लब बागलुङ (वि) र दोस्रो खेल पोखरा क्रिकेट क्लब विरुद्ध धौलागिरी बहिरा आवासिय विद्यालय बागलुङका विच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए ।
बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा चैत ११ गतेसम्म संचालित हुने प्रतियोगिता १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि ६ लाख ९ हजार ६ सय ६८ रुपैयाँ खर्च लाग्ने आयोजकले बताएको छ ।
Previous Article६ चैत २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article महिलाका आँटका कथा नै छैनन् त ?