बागलुङ, ५ चैत– बलेवास्थित भैरवस्थानको विकासका लागि बनेको गुरुयोजना आर्थिक अभावमा कामले तीव्रता पाउन सकेको छैन । यहाँका मानिसहरुको आस्थाको केन्द्र भएपनि गुरुयोजना पुरा गर्न नसक्दा चाहेजति पर्यटक पु¥याउन कठिन भएको हो । बागलुङ नगरपालिका–१२ स्थित अमलाचौरमा रहेको भैरब मन्दिरमा पुजा गर्न दैनिक दुई सय जनासम्म पुग्छन् ।
आसपासका दर्जनबढी गाउँको कोटको रुपमा समेत चिनिएकोले भक्तजनसहित आन्तरिक पर्यटक पुग्छन् । तर गुरुयोजनाको कामले तीव्रता पाउन नसक्दा सोचेजती बिकास गर्न नसकिएको व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रबहादुर थापाले बताए । १७ करोड रुपैयाँको गुरुयोजनामा राज्यको लगानी कम हुँदा काम प्रभावित भएको थापाले बताए । ‘बजेट ज्यादै न्युन छ, प¥र्याप्त बजेट ल्याएर काम गर्न सके हजारौं पर्यटक लैजान सकिन्छ’ उनले भने, ‘लगानी अनुसारको प्रतिफल पनि उठाउन सकिने संभावना छ ।’ बजेट भने सरकारी तहबाट पाउन सकिएको छैन । राज्यका उपल्लो तहसम्म पुगेर कुरा भएपनि आश्वासनहरु पुरा नभएको उनले बताए । पैयुँपाटा, अमलाचौर, नारायणस्थान, भकुण्डे, रायडाँडा, कुश्मीसेरा र दमेक लगायतका गाउँबासीले भैरवस्थानलाई परंपरागत कोटको रुपमा लिन्छन् । धार्मिक विश्वास अनुसार मौषमी समस्या अन्य कामका लागि कोटको रुपमा पुजा गर्ने चलन छ । भैरवको पूजा गर्दा आँटेताकेको पुग्छ भन्ने विश्वास छ । कुनै काम विशेषको सफलताका लागि भैरवको भाकल गरेर पूजा गर्न जाने चलन पनि रहेको छ ।
बागलुङ, पर्वत र म्याग्दीका अधिकांस बासिन्दा भैरबस्थान बारे परिचित छन्भने स्याङजा र कास्कीका धेरै भक्तजनहरु त्यहाँ पुग्छन् । मनको इच्छा पुगोस भनेर कसैले बली दिन्छन् भने कसैले पुजा मात्र गर्छन् । दुइ दर्जन हिमालको श्रृंखलाको दृश्यावलोकन गर्न पाइने अग्लो स्थानमा रहेको भैरव मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास छ । नियमित पुजा हुने र भक्तजन जाने भएपछि हरेक मंगलबार र शनिबार चाप बढी छ । ती दिनमा एक हजारसम्म भक्तजन पुग्ने भएकोले यहाँ पुजा गर्न घण्टौं लाइन बस्नुपर्छ । अन्य दिनमा पनि दुई सयदेखि तीन सयसम्म पुग्ने थापाले बताए ।
बडादशै, चैतेदशै लगायतका समयमा दैनिक भक्तजनको भीड लाग्छ । मुर्ती छोपिएको र गडेको अवस्थामा रहेको छभने तामाको छाना छाइएकोले यो मन्दिरको ऐतिहासिक महत्व रहेको पाइन्छ । वि.सं १७८९ मा चौविसे राज्यअन्र्तगत पर्वते राजाको नियन्त्रणमा यो स्थान रहेको किंवदन्ती पाइन्छ । मन्दिरमा तत्कालिन राजाहरुको खड्ग, त्रिशुल समेत देख्न पाइने भएकोले पुरातान्विक महत्वको मानिएको हो । भैरवस्थानबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, निलगिरी लगायतका पूर्व र उत्तरतर्फ हिमालको श्रृंखला देखिन्छ ।
भैरवस्थानको विकासका लागि गुरुयोजना पुरा गर्न आर्थिक अभाव
Previous Articleमानवीय कर्ममा आश्रम
Next Article नर्जाखानी गाउँको सामुदायिक स्वास्थ्य एकाई औषधिविहीन