बागलुङ, ४ चैत–भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । आईतबार साँझ रन वेमा गुडिरहेका बेला चक्का लग भएर बिमान दुर्घटना भएको हो । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् । काठमाडौंबाट आएको विमान रन वेमानै दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ। दुर्घटनाग्रस्त बिमानलाई धावनमार्गबाट हटाएर पुन बिमानस्थल सञ्चालनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
Previous Articleअर्गलमा निशुल्क शिविर सकियो
Next Article एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै