बागलुङ, ४ चैत– पोखराका लायन्स क्लबहरुको अगुवाईमा बागलुङको अर्गलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम र पोखरा पुग्न हजारौं रुपैयाँ खर्च लाग्ने ग्रामीण बासिन्दाले यो शिविरबाट मनग्ये सेवा लिन पाएको बताएका छन् । आर्थिक अभावमा सदरमुकाम पुग्नै कठिन हुने भन्दै रोग पालेर बसेकाहरुले पनि यो शिविरमा उपचार पाउन सफल भएका छन् ।
ताराखोला गाउँपालिकासँग समन्वय गरेर पोखराका लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी र लायन्स क्लब अफ फेवा सिटीले शिविर आयोजना गरेका थिए । उक्त शिविरमा प्राविधिक सहयोग गर्न गण्डकी मेडिकल कलेज र फेवा सिटी अस्पताल पोखराका चिकित्सकहरु तथा नर्सहरु अर्गल पुगेका थिए । गाउँपालिका भित्रको ताराखोला, अर्गल, अमरभूमि र हिलका गरी ८ सय ५० बिरामीले उपचार गरेको आयोजकले बताए ।
शिविरमा प्रा. डा. रविन्द्रप्रसार श्रेष्ठको अगुवाईमा आएका स्त्रिरोग विशेषज्ञ, छाला तथा हाडजोर्नी, बालरोग, नाक, कान घाँटी लगायतका रोगको उपचार गरिएको हो । ‘पोखरामै बसेर भन्दा ग्रामीण बस्तीमा पुगेर स्वास्थ्य सेवा दिनका लागि यहाँ आएका हौं’ लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रक ३२५ बी १ का सेक्रेटरी चण्डीप्रसाद अर्यालले भने, ‘पोखरा र बागलुङसम्म पुग्न नसकेका धेरै बिरामीले उपचार गराए ।’ ग्रामीण क्षेत्रमा युवाहरु अत्यन्तै कम भएकोले उपचारमा आउनेहरु महिलाहरु थिए । उनीहरुले पाठेघरको समस्या बारेमा बढी रोगको उपचार गराएको भेटिएको हो । उपचारमा आउने महिलामा स्त्रीरोग र चिसोका बिरामी धेरै भेटिएको चिकित्सकहरुले बताए ।
Previous Article४ चैत २०७४, ढोरपाटन दैनिक
Next Article भैरहवामा यती यएरको बिमान दुर्घटना