बागलुङ, ३ चैत – ग्रामिण भेगका महिलाहरुकाे जीवन स्तर उठाउन र अार्थिक समृद्दिका लागि सहकारिका सदस्यहरुले खेल्नु पर्ने भुमिका बारे क्षमता बिकास गर्न छलफल कार्यक्रम तथा हुईल चियर सहयाेग कार्यक्रम बाग्लुङमा शनिबार सम्पन्न भयाे ।
सत्कर्म नेपाल र अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त अायाेजनामा सहकारीकाे सदस्यहरुलाई लक्षीत गरेर आयोजना गरिएको कार्यक्रममा सत्कर्म नेपालका अभियन्ता सिताराम थापाले बर्तमान सन्दर्भमा महिला सहकारीकाे महत्व, भुमिका र जिम्मेवारी तथा सामुहिक दायित्व बारेमा अभिमुखिकरण गरेका थिए। राज्यकाे तीन खम्बे नीति अनुसार महिलाहरुकाे लागि अार्थिकस्तर माथि उठाएमात्र समाजिक र राजनितिक मर्यादामा महिलाहरुकाे पहुंच बृद्दि हुने कुरामा थापाले जाेड दिए ।

सो अवसरमा सहकारी उपसमितिका सदस्य गुमा छन्यालकाे बुबालाई हिडडुल गर्न सहज हाेस भन्ने उधेश्यले सत्कर्म नेपालकाे तर्फबाट अभियन्ता थापाले एउटा हुईल चियर हस्तान्तरण गरे। कार्यक्रममा सहकारीकाे ऋण समिति, लेखा समिति र शिक्षा समिति समेत गठन गरिएकाे सहकारीकाे उपाध्यक्ष लिलावति केसीले वताईन । सहकारीकाे अध्यक्ष कल्पना चालिसेकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब ज्ञानु थापाले गरेको संस्थाले जनाएको छ।