सार्वजानिक यातायातमा महत्वपुर्ण स्थान बनाएको धौलागिरी जिप व्यवसायी समितीको १३ औं साधारणसभा तथा ७ औं अधिबेशनले नयाँ नेतृत्व दिएको छ । लामो समय समितीको पधाधिकारीको रुपमा रहेका निवर्तमान महासचिव बिष्णु अधिकारी अधिबेशबाट समितीको नेतृत्वमा पुगेका छन् । लामो समय पधाधिकारी भएर काम गर्दा व्यवसायीको पिर मर्का र सुृख दुखमा खेलेका अधिकारीलाई व्यवसायीहरुले मत दिएका छन् र उनी नेतृतवमा पुगेका हुन् । यसभन्दा पहिलाको उनको सकृयतालाई राम्रो सँग नियालेका व्यवसायीहरुले पूर्ण विश्वासका साथ उनलाई आफ्नो मत दिएका हुन् ।
महासचिव भएर काम गरीरहेका अधिकारी माथि अव जिप व्यवसायी समितीलाई थप सुधार गरेर लोकप्रिय बनाउनु पर्ने जिम्मेबारी थपिएको छ । झण्डै १३ बर्ष समितीको अध्यक्षमा रहेका संस्थापक अध्यक्ष शशिकपुर श्रेष्ठको नेतृतवमा थालनी भएका कामहरुको निरन्तरता, समयअनुसार परिवर्तित हुँदै नयाँ कामकोृ थालनी गर्नु पर्ने बाध्यात्मक परिस्थितीका बीच अध्यक्ष भएका अधिकारीलाई व्यवसायीको व्यबसाय फस्टाउने र उपभोक्ताले बिश्वास गर्ने जिप व्यवसाय बनाउने मुख्य चुनौती छ । स्थापना कालमा जिप व्यवसायी समितीको जुन अवस्था थियो त्यो अवस्थामा जिप व्यवसाय छैन् । गाउँ गाउँमा खुलेका कच्चि सडकमा गुड्नु पर्ने बाध्याता, यातायात व्यवसायमा आएका अन्य यातायातका साधन सँग प्रतिष्पर्धा गर्नु पर्ने अवस्था र सरकारले ल्याएको २० बर्ष अबधि पुगेका सवारी साधानको प्रयोगमा रोक लगाएको कानुनी अड्चनका सबै खाले समस्याका बिच अधिकारीको कार्यकाल चुनौतीको घेरामा हुने छ । यातायात व्यवसायमा हुने हरेक खालका समस्याहरुको समाधान र यात्रु हरुलाई दिईने सुबिधालाई व्यापक बनाउन नसक्ने हो भने अव जिप व्यवसाय संकटको घेरामा पर्नेछ । गाउँगाउँमा बनाईका फराकीला बाटाहरु, यातायात व्यवसायमा बढ्दो प्रतिष्पर्धा र कुना कन्दरा सम्म ठुला बस देखी हलुका सवारी साधानसम्मको पहुँच रहेकाले जिप व्यवसाय थप चुनौतिको घेरमा परेको हो ।
कुनैबेला कच्चि सडकको राजा भनेर चिनिने जिप अहिले थोरै मात्र यात्रुको रोजाईमा पर्ने गरेको छ । समय अनुसार जिपहरुलाई परिवर्तन गर्न नसक्नु, चालकको भरमा रहेको भाडा दर र अस्वस्थ्य प्रतिष्पर्धाका कारण जिप व्यवसायमा संकट देखा परेको हो । जिप व्यवसायको क्षेत्रमा रहेका यस्ता समस्याहरुलाई चिर्दै जिप व्यवसायलाई नयाँ मोडमा लैजानको लागि बिष्णु अधिकारी नेतृत्वको समिती सफल हुन्छ या असफल हुन्छ त्यो त उनको भोलीका कामले देखाउने छ । तर आम सर्वसाधारणले आशा गरेको बिषय के हो भने चालकमा आधारित भाडादर नियन्त्रण गर्ने र बिना मेसोको जिपको यात्रालाई सहि ट्रयाकमा ल्याउन नयाँ नेतृत्वले सफल होस् । जव सम्म नयाँ नेतृत्वले व्यवसायको मर्म र यात्रुको सेवालाई ध्यानमा राखेर काम गर्ने छैन् तव सम्म जिप व्यवसायको क्षेत्रमा देखिन थालेको संकट थप गहिरीएर जाने छ । जिप व्यवसाय र व्यवसायीको हितमा अधिकारी नेतृत्वको समिती लागोस हाम्रो तर्फबाट शुभकामना ।
Previous Articleसमृद्धिको बाधकः चिन्तनमा दासता
Next Article २०७४ चैत १ गते बिहिबारको राशिफल